Comments Add Comment

तीजमा दुई तिहाइले घट्यो सुनको बिक्री

२३ भदौ, काठमाडौं । महिलाहरुको महानपर्व तीज सुनचाँदी व्यवसायीका लागि राम्रो व्यापार गर्ने अवसर हो । तीज र विवाहको समयमा सुनचाँदीको खपत अन्य समयमा भन्दा अत्यधिक बढी हुने गर्छ । व्यवसायीहरुले वर्षभरीको कमाई तीज र विवाहको सिजनमा गर्ने गर्छन् । तर, यसपटकको तीजमा सुनको कारोबार अत्यन्तै न्युन मात्रामा भयो ।

gold gargahana‘गत वर्षको तीजमा दैनिक ४० किलोभन्दा बढी सुनको कारोबार हुने गथ्र्यौ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भन्नुभयो- ‘तर, यस पटकको तीजमा दिनमा १५ किलो सुन पनि बिक्री हुन सकेन ।’ सुनको भाउमा आएको अस्थिरताका कारण यसपटकको तीजमा सुनका गरगहनाको बिक्री अत्यधिक कम भएको उहाँको भनाई छ ।

तीजमा नयाँ गहना अर्डर गर्नेभन्दा पनि पुराना गरगहना बिक्री गर्न आउने ग्राहकको संख्या धेरै रहेको व्यवसायीहरुले बताएका छन् । गरगहना बिक्री नभएपछि गत वर्षहरुमा तीजको बेला व्यस्त रहने व्यवसायीहरु यसपट फुर्सदिला बन्न पुगे । ६२ हजारमा पुगेर कारोबार भएको सुन घटेर ४८ हजारमा झरेर कारोबार हुन सक्छ भने भोली ६३ हजार नाघेको सुन पनि स्वात्तै र्झन सक्छ भन्ने मानसिकताले ग्राहकहरुलाई गाँजेको उनीहरुले गुनासो गरे । पछिल्लो समय सुनको भाउमा व्यापक घटबढ हुँदा व्यवसायीहरु मर्कामा परेका छन् ।

आइतबार सुनको भाउ स्थिर

साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि पनि बिहीबार तोकेको भाउ कायम गरेको छ । आइतबार छापावाला सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको ५९ हजार ५० रुपैयाँ कारोबार भइरहेको छ ।

आइतबार चाँदीको भाउ भने केही बढेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलाको १ हजार ३५ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment