+
+
Shares

प्रचण्डलाई कठ्घरामा उभ्याउँछौँ : बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते ७:२१

२३ भदौ, काठमाण्डौ । प्रमुख दल निकट आठ विद्यार्थी संगठनहरु सहभागी संयुक्त युवा संगठनले विधिको शासन उल्लंघन गर्ने र हत्याराहरुको पक्षमा वकालत गर्ने एमाओवादीका नेताहरुलाई देश निकाला गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतवार पत्रकार सम्मेलन गरेर उनीहरुले मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रतालाई चुनौति दिँदै आम नागरिकलाई धम्याउँदै हिँड्ने प्रचण्डलगायतका एमाओवादी नेताहरुले आफूहरुलाई नसुधारे देश निकाला गर्ने चेतावनी दिएका हुन् ।mahesh-basnet

कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले युद्धकालमा मान्छे मार्ने आदेश मैले दिएको हुँ, सक्छौं भने मलाई कारवाही गर भन्ने धम्की दिदै हिड्ने एमाओवादी अध्यक्ष प्रचण्डले यसै गरी हत्याराहरुलाई संरक्षण गरी जनतालाई आतङकीत पार्ने क्रम जारी राख्ने हो भने एमाओवादीका शीर्ष नेताहरुलाई घर-घरबाट निकाली ट्याक्टरमा राखेर प्रहरीलाई बुझाउने धम्की दिनुभयो । बस्नेतले भन्नुभयो,’कानुनलाई हातमा लिँदै हत्यारा र भ्रष्टचारीलाई संरक्षण गर्ने प्रचण्डलाई कठ्घरामा उभ्याउने तागत युवाहरुसँग छ, हामी कदापी छोड्ने पक्षमा छैनौँ । ‘

तरुण दलका अध्यक्ष उदयशमसेर राणाले हत्यारालाई संरक्षण र पृष्ठ पोषण गर्ने काम एमाओवादीका प्रचण्डले गरेका आरोप लगाउनु भयो । उहाँले प्रचण्डले धम्कीको भाषा नसच्याए उनका कर्तुतको भण्डाफोर गर्दै देश निकाला गर्ने चेतावनी दिनुभयो । बालकृष्ण ढुङगेलमाथि कारवाही हुनु पर्ने र नन्दप्रसाद अधिकारीको माग संबोधन गर्नु पर्ने भन्दै उहाँले यसका लागि एमाओवादीले समेत पहल गर्नु पर्नेमा जोड दिनुभयो ।

निर्वाचन भाड्न माओवादी बखेडामा राष्ट्रिय प्रजातान्त्रिक युवा संघका अध्यक्ष दिपककुमार राईले एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै चुनावको मुखमा यस्तो बखेडा झिक्नुको अर्थ स्पष्ट भएको बताउनुभयो । उहाँले उनले विधीको शासनविरुद्ध धम्किदिदै हिड्ने एमाओवादी नेताहरुलाई समेत कारवाहीको माग गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?