Comments Add Comment

कृष्ण र देवरत्नलाई स्वर्ण

२४ भदौ, काठमाडौं । सीसीआरसीका कृष्ण थापा मगर र बर्नहार्टका देवरत्न महर्जनले दोश्रो बर्नहार्ट टेबल टेनिस प्रतियोगिताको अन्तिम दिन सोमबार स्वर्ण जितेका छन् । कृष्णले पुरुष खुला एकल र देवले सीएसआईटीको पुरुष एकलमा स्वर्ण जितेका हुन् ।

बाफलस्थित आयोजक बर्नहार्टमा भएको फाइनलमा कृष्णले प्राइमका निहाल श्रेष्ठको चुनौती ११-६, १२-१० र ११-५ ले समाप्त पारे । अर्को फाइनलमा देवले आफ्नै कलेजका पुकार उप्रेतीलाई ११-६, ७-११, ११-८ र ११-५ ले पाखा लगाए । दुवै समूहको एकल विजेताले ३ हजार र उपविजेताले २ हजार नगद पुरस्कार जिते ।

त्यस्तै महिला खुला एकल विजेता प्राइमकी सुनीता लामाले ३ हजार र उपविजेता नोर्देन तामाङले २ हजार नगद पुरस्कार हात पारे । सीएसआईटीको महिला एकलमा पहिलो भएकी बर्नहार्टकी सुष्मा श्रेष्ठले ३ हजार र दोश्रो हुने बर्नहार्टकै समिक्षा महर्जनले २ हजार नगद पुरस्कार हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment