+
+
Shares

द्वन्द्वकालका मुद्दा उचालिए सहिँदैन : पुन

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १७:३४

२४ भदौ, काठमाण्डौँ । एकीकृत माओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिगले आगामी संविधानसभाको निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर मुलुकभर अभियान सञ्चालन गर्ने भएको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर वाइसिएलले एकमहिने निर्वाचन ‘क्षेत्रस्तरीय सङ्गठन निर्माण, सुदृढ र विस्तारका लागि युवा अभियान’ सञ्चालन गर्ने जानकारी दिएको हो ।ganeshman pun

 वाइसिएलका अध्यक्ष गणेशमान पुनका अनुसार संविधानसभा निर्वाचन मुलुकका लागि अत्यावश्यक र अपरिहार्य भएकाले यसलाई सफल बनाउनका लागि आफ्नो तर्फबाटविशेष योगदान गर्ने र जनतालाई निर्वाचनमा सहभागी हुन आग्रह तथा अनुरोध गरिनेछ । जनताको अधिकार संस्थागत गर्नका लागि निर्वाच्ान नै उपयुक्त विकल्प भएको ठहर गर्दै वाइसिएलले त्यसका लागि आफ्नो तर्फबाट युवा परिचालन तथा निर्वाचनको वातावरण बनाउनका लागि बृहत् रुपमा अभियानात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

बृहत् शान्ति सम्झौता र अन्तरिम संविधानको भावना र मर्मविपरीत द्वन्द्वकालका मुद्दा उचालिएको भन्दै वाइसिएलले आपत्ति जनाएको छ । पत्रकार सम्मेलनका अध्यक्ष पुनले भन्नु भयो-“सत्यनिरुपण तथा मेलमिलाप आयोगले टुङ्ग्याउनुपर्ने द्वन्द्वकालीन घटनालाई एकपछि अर्को गर्दै उचालिएको छ ।”द्वन्द्वकालीन घटना उचाल्ने काम एक साताभित्र पूर्ण रुपमा रोक्नसमेत वाइसिएलले माग गरेको छ । अध्यक्ष पुनले भन्नुभयो- “एक साताभित्र यस्ता घटना नरोकिए एक हप्ताभित्र जनयुद्धकालका सबै गैरन्यायिक हत्या तथा राज्यपक्षबाट भएका घटनाको सूची सङ्कलन गरी भण्डाफोर गरिनेछ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?