+
+
Shares

बेल्जियममा पनि मनाइयो तीज

लुभेन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज ईन्द्रधनुष क्लव बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।आफ्नो स्थापना काल देखिएनै ईन्द्रधनुष क्लव बेल्जियमले बेल्जियमका नेपाली दिदी बहिनीहरुलाई हरेक बर्ष तीज कार्यक्रम मार्फत आफ्नै माईतिको सम्झना दिलाउदै आएको छ । करिव ४०० जना महिला दिदीबहिनीहरुको उपस्थितिमा भएको तीज महोत्सव पहिलो चरणको औपचारिक कार्यक्रम अन्तर्गत कार्यक्रमको अध्यक्षता गरिरहेका क्लवका अध्यक्ष सुर्य ढकालले प्रवासको भूमीमा रहदै गर्दा पनि ईन्द्रधनुष क्लव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १५:०८

बिष्णु सापकोटा

लुभेन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज ईन्द्रधनुष क्लव बेल्जियमको आयोजनामा  बेल्जियमको लुभेन शहरमा भब्य रुपमा सम्पन्न भएको छ ।आफ्नो स्थापना काल देखिएनै ईन्द्रधनुष क्लव बेल्जियमले बेल्जियमका नेपाली दिदी बहिनीहरुलाई हरेक बर्ष तीज कार्यक्रम मार्फत आफ्नै माईतिको सम्झना दिलाउदै आएको छ । करिव ४०० जना महिला दिदीबहिनीहरुको उपस्थितिमा भएको तीज महोत्सव पहिलो चरणको औपचारिक कार्यक्रम अन्तर्गत कार्यक्रमको अध्यक्षता गरिरहेका क्लवका अध्यक्ष सुर्य ढकालले प्रवासको भूमीमा रहदै गर्दा पनि ईन्द्रधनुष क्लवले आफ्नो स्थापना कालदेखि नै नेपाली दिदी बहिनीहरुलाई आफ्नै माईतिको अनुभव गराउदै आएको साथै नेपालीहरुको आफ्नो कला सस्कृति जोगाई राख्न क्लव सधै तत्पर रहेको बताउनु भयो। प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावास बेल्जियमका द्वितीय सचिव लक्ष्मण खनालले प्रवासको भुमिमा रहेर पनि आफ्नो संस्कृतिको रक्षार्थ क्लवले गरेको कार्यलाई सराहना गर्दै उपस्थित सम्पूर्ण नेपाली दिदीबहिनी बहिनीहरुलाई तीजको शुभकामना दिनुभएको थियो ।1

यसैगरी बिशिष्ट अतिथिको रुपमा एन आर एन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले आफ्नो सस्था एवं व्यक्तिगत रुपबाट उक्त कार्य प्रति सधै सहयोग र समर्थन रहने जानकारी गराउनु भयो । चितवन सहायता समाज बेल्जियमका सस्थापक अध्यक्ष सीता सापकोटा ले महिला दिदीबहिनीहरुलाई शुभकामना दिदै परदेशको भूमिमा रहदै गर्दा नेपालमा अझै पनि महिला माथि हुने बिभिन्न प्रकारका हिँसाहरुका निमित्त आवाज एक हुनु पर्नेमा जोड दिनु भयो । क्लवका उपाध्यक्ष तथा तीज कार्यक्रमका संयोजिका श्रीमती यसोदा थापाले उपस्थिति सम्पूर्ण महिला दिदीबहिनीहरुलाई मन्तब्य द्वारा स्वागत गर्नु भएको थियो । यसैगरी कार्यक्रममा एन आर एन बेल्जियमकी निबर्तमान अध्यक्ष जानकी गुरुङ, क्लवका पूर्व अध्यक्ष मिंड गुरुङ, निबर्तमान अध्यक्ष अनन्त गुरुङ, नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दीपक ज्योती पौडेल, क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्री, चितवन सहायता कोष बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी, व्यवसायी संघ बेल्जियमका सीपी भट्ट, यूरो कलाकाका अध्यक्ष पदम गुरुङ, हेल्प नेपाल नेटवर्क बेल्जियम च्याप्टरका अध्यक्ष सहदेव गौतम लगाएत अन्य विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिषेश उपस्थति रहेको थियो ।2

बिगतका बर्ष जस्तै यस बर्ष पनि क्षेत्री समाज बेल्जियमले चेलीबेटीहरुलाई दर ख्वाएको थियो । ठुलो संख्यामा उपस्थित नेपाली दिदीबहिनीहरु झकीझकाउ श्रिंगारको साथै रातो साडीमा सजीसाजाउ भएर आएका थिए भने नेपालकै माईतिको आगनीमा उभिई तीजका गीतहरुमा कम्मर मर्काइ-मर्काई नाचेका देखिन्थे । कार्यक्रममा स्थानीय कलाकार हरुले तीजको गीतमा सम्पूर्ण दिदीबहिनीलाई स्वागत गर्नुको साथै उक्त महोत्सवमा नेपाल बाट पाल्नु भएकी कलाकार रोमा न्यौपानेको नाचले झनै रौनकता छाएको थियो । उहाँ आफु शारीरिक रुपमा अशक्त भएपनि उहाको सहासले “अपाङ्ग लाई दया होइन अवसरको खाचो छ” भन्ने महसुस दिलाएको थियो । कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई प्रशंशा पत्रसहित खादा ओडाएर सम्मान गरिएको थियो । स्मरण रहोस उक्त तीज कार्यक्रममा संयोक यसोदा थापा, उप-संयोजक क्लवका सदस्य द्वय श्रीमती पूनम शर्मा र शान्ति भट्टराईले उक्त कार्यक्रमको संयोजन गरेका थिए ।3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?