+
+
Shares

विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:५२

२३ वैशाख, काठमाडौं । विवाहको विषयमा विवाद हुँदा हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–५ घर भएका ३६ वर्षीय सिकेन्द्रप्रसाद चौहान छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

पोखरिया–६ का ३३ वर्षीय धर्मेन्द्रप्रसाद चौहानको पोखरिया–५ कि निशा कुमारी चौहानसँग ४ वैशाख २०७६ मा विवाह भएको थियो । विवाह सम्पन्न भएपछि बेहुली बिदाइ गर्न नमानेको विषयमा केटा पक्ष र केटी पक्षबीच विवाद भएको थियो ।

यही रिसइबीलाई लिएर ९ वैशाख २०७९ को दिउँसो २ बजेतिर पोखरिया–४ उद्यान अंग्रेजी बोर्डिङ स्कुलको प्रांगणमा आपसमा झगडा भएको थियो । झगडाको क्रममा बेहुलाका बुवा शंकर प्रसाद महचो चाइको टाउकामा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा ११ असार २०७९ मा काठमाडौंस्थित शहिद गंगालाल अस्पतालमा मृत्यु भएको थियो ।

सोही घटनामा उनी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?