+
+
Shares

विवेक र रितेशले नेपालीमा भने, ‘ग्रान्ड मस्ती हिट भए नेपाल आउछौ'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १३:५१

बलिउडका चर्चित नायक तथा नायिकाहरुको ध्यान यतिबेला नेपालमा पर्न थालेको छ । नेपाली बजारबाट समेत राम्रो शेयर प्राप्त हुन थालेपछि बलिउडका चर्चित फिल्म कम्पनीहरुको ध्यान नेपाल तर्फ सोझिएको हो ।grand-mastiयसैक्रममा शुक्रबारबाट प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘ग्राण्ड मस्ती’का तिन नायकले नेपालीलाई सम्बोधन गर्दै सिनेमा हेरिदिन आग्रह गरेका छन् । दर्शना आट्सले नेपालमा वितरण गर्न लागेको यो सिनेमा पूर्णतया कमेडी छ । चलचित्रका बिवेक ओवराय, रितेश देशमुख, अप्ताबको मुख्य भूमिका छ ।

दर्शना आट्सले सार्वजनिक गरेको भिडियोमा बिवेक ओवरायले नेपाली भाषामा कुरा गरेको देख्न सकिन्छ । उनले ग्राण्ड मस्ती हिट भएको खण्डमा नेपाल आउने बताएका छन् । यस्तै नायक अप्ताबले आफूहरु नेपाल आउन चाहेको भन्दै नेपालीलाई फुर्काउन खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?