Comments Add Comment

कतार एयरवेजको २५ प्रतिशतसम्म छुट अफर

२५ भदौ, काठमाडौं । कतार एयरवेजले नेपालबाट हुने उडानमा २५ प्रतिशतसम्म छुट दिने भएको छ । एयरवेजले सेप्टेम्वर १० देखि १३ तारिखसम्म टिकट बुकिङ गर्ने यात्रुहरुलाई उक्त छुट प्रदान गर्ने भएको हो । एयरवेजले सेप्टेम्वर १६ देखि ११ डिसेम्वरसम्मको उडानका लागि छुट प्रदान गर्न लागेको हो । Quater-Airकतार एयरवेजले नेपाल-ढाका दैनिक ४ र हप्तामा २८ उडान भर्दै आएको छ । नेपाल सहित विश्वका १३० भन्दा बढी गन्तव्यहरुमा कतार एयरवेजले अहिले उडान भरिरहेको जनाएको छ । संचालनमा आएको १६ वर्षमै अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्न सफल भएको एयरवेजले दाबि गरेको छ । कतार एयरवेजले युरोप, मध्यपूर्व, अफि्रका, एशिया प्यासिफिक र अमेरिकामा उडान भरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment