२६ भदौ, काठमाडौं । बुधबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ । सुनको भाउ बुधबार तोलामा ४ सय ९७ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ५७ हजार ५ सय ३ रुपैयाँ तोकेको छ । मंगलबार छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तोलाको ६३ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ पछिल्ला दिनमा निरन्तर ओरालो लागिरहेको छ । बुधबार तेजाबी सुनको भाउ पनि तोलामा ४ सय ९७ रुपैयाँ घटेर ५७ हजार २ सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरि, चाँदीको भाउ पनि बुधबार तोलामा १४ रुपैयाँ घटेर ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4