
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै लामो समयसम्म टिक्न नसक्ने बताएका छन्।
- उनीले नीति र कार्यक्रमबीचको अन्तरलाई लिएर सरकार र पार्टीहरूबीच असमझदारी भएको बताएका छन्।
- उनीले सरकारको नीतिगत र कार्यान्वयन प्रक्रियामा समस्या देखाउँदै यसले देशलाई दुःख दिने बताएका छन्।
२८ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ऊनले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यत्रम एमालेको भएको आरोप लगाए ।
नीति एकातिर र कार्यक्रम अर्कैतिरबाट आएकाले कार्यान्वयनमा शंका गर्नुपर्ने भन्दै सक्तागठबन्धन धेरै लामो सयम नटिक्ने जिकिर गरेका हुन् ।
‘नीति एकातिरबाट कार्यत्रम अर्कोतिरबाट ल्याउनुपर्ने । दुई ठूला पार्टीहरूको गठबन्धन धेरै जाला जस्तो लाग्दैन यो तालले । उहाँहरूको जाला नजाला तर यो देशले जनताले सबैले दुःख पाइने भयो,’ पुनले भने ।
उल्टो बाटोमा हिँडेको सरकारले ल्याएको नीति तथा कार्यक्रम भएकाले प्रतिक्रिया दिन पनि अप्ठ्यारो भएको बताए ।
‘सरकार उल्टो बाटो हिँडिरहेको छ । प्रतिक्रिया दिन फनि अफ्ठ्यारो छ । नीति तथा कार्यक्रममा नीति मात्रै ल्यायो कार्यत्रम ल्याएन । अहिले चाहिँ बजेटको सिद्धान्त र प्राथमिकता ल्याउनु पर्नेमा फेरि कार्यक्रम ल्यायो,’ उनले भने, ‘सरकार नै अलमलमा फरेको देखिन्छ । नीति कार्यक्रममा नीति काँग्रेसको कार्यत्रम एमालेले बाँडेर कार्यक्रम बजेटको प्राथमिकतामा हालेको जस्तो सिद्धान्त जति वा नीतिगत कुराहरु कार्यक्रममा राखेको जस्तो देखिन्छ । यस्तो अफ्ठ्यारोमा छ सरकार ।’
प्रतिक्रिया 4