२६ भदौ, काठमाडौं । युवा उद्यमी मञ्चले असोमा सार्क स्तरीय युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । असोज ३ गतेदेखि ५ गतेसम्म राजधानीमा आयोजना हुने सम्मेलनमा दक्षिण एशिया क्षेत्रका करिव ४ सय युवाहरु सहभागी हुने मञ्चले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलन आयोजना गर्नुको अभिप्राय आर्थिक विकास तथा रोजगारी सिर्जना युवा समूहको पहिलो उद्देश्य रहेको संदेश दिनु हो ।
सम्मेलनमा विभिन्न दलका भातृ संगठनहरु सहआयोजकका रुपमा सहभागी हुने मञ्चका अध्यक्ष समिर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत माओवादीको भातृ संगठन वाइसिएल, नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल, नेकपा एमालेको भातृ संगठन युवा संघलगायतका आठ वटा संगठनले सम्मेलनमा सहभागिता जनाएउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4