Comments Add Comment

सलमानले गरे साहरुखलाई ‘बीग बोस’मा निम्तो

बलिउडमा कुनै समय दुई चर्चित खान साहरुख र सलमान बिच मिलाप हुदैन भन्ने तर्क पनि सुनिन्थ्यो । तर केही महिना अघि मात्र सलमान र साहरुखले अंकमाल गरेपछि यो तर्क पनि सेलायो ।srk-and-salmanहालै मात्र सलमानले साहरुखलाई आफ्नो नयाँ रियालिटी शो ‘बीग बोस’मा निम्तो दिएर सबैलाई अचम्ममा पारिदिएका छन् । ‘साहरुख आफ्नो सिनेमाको प्रमोशनका लागि बीग बोसमा आउन सक्छन्,उनलाई सधै नै स्वागत छ’, रियालिटी शो को पत्रकार सम्मेलनमा सलमानले भने ।

उनले अन्य स्टार जस्तै साहरुखका लागि पनि ‘बीग बोस’को ढोका सधै खुल्ला रहेको बताए । यस्तै सलमानले रमजानको अवसरमा साहरुखसँग अंगालो मारेको बिषयमा भने, ‘यो पर्व नै यस्तो हो जहाँ कुनै पनि व्यक्तिलाई अंकमाल नगरी जान सकिदैन ।’

सलमानले संचालन गर्न लागेको ‘बीग बोस’ सेप्टेम्बर १५ बाट सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment