+
+

एमाले नेतालाई गाउँ फर्कन बल्खुको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १४:१०

२८ भदौ, काठमाडौं । नेकपा एमालेले संविधानसभा चुनावका लागि उम्मेदवार बनाउन माग गर्दै केन्द्रमा भेला भएका नेताहरुलाई जिल्ला र्फकन निर्देशन दिएको छ ।

पार्टी मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी समितिको बैठकले जिल्ला र्फकन र चुनावको माहौल बनाउन नेताहरुलाई निर्देशन दिएको हो । बैठकपछि सचिव शंकर पोखरेलले भन्नुभयो- ‘नेताहरुकोमा धाउनुको अर्थ छैन, जिल्लाले पठाएका नामका आधारमा उम्मेदवार चयन गरिनेछ ।’

एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ ५ र प्रत्यक्षतर्फ ३ उम्मेदवार सिफारिस गर्न निर्देशन दिइसकेको छ । जसअनुसार अधिकांश जिल्लाबाट नाम आएका छन् । एमालेमा जिल्लाबाट आएको सूचीमा परेका र नपरेकाहरु दुबैथरि नेता कार्यकर्ताहरु टिकट माग्दै काठमाडौं आएर नेताहरुका घर दैलोमा धाउनेक्रम बढेपछि स्थायी कमिटीले जिल्ला र्फकन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?