+
+
Shares

कुलो खन्दा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १०:०२

२८ भदौ, नुवाकोट । नुवाकोटको गणेस्थान गाँउ विकास समितिको वडा नम्बर ४ फेदीमा किसानहरुले कुलो मर्मत गर्नको लागि सडक प्रयोग गर्दा यातायातमा समस्या भएको छ ।

खहरेखोलाबाट ल्याएको पानीलाई सिचाईको लागि खेतसम्म लैजान प्रयोग गरिएको ढलमा समस्या आएपछि फेदीबेसीमा सडक नै खन्नुपरेपछि यातायातमा समस्या आएको हो । किसानहरुले पानी ल्याउन प्रयोग गर्दै आएको ढल अबरुद्ध भएपछि मर्मत अस्ति बुधबारदेखि नै सुरु गरेका थिए । सडकबाट लगिएको पानीलाई सुचारु बनाउनको लागि हिजो सडकको बीचबाट नै वारपार खन्नुपर्दा सडक आवगमनमा समस्या आएको हो ।

किसानहरुले खहरेखोलाबाट ल्याएको पानी बरबोटे, चारसय बगर, अमले, बाख्रे लगायतका स्थानमा रहेको खेतमा सिचाँई गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?