Comments Add Comment

आइतबारदेखि दैनिक ७ घण्टा लोडसेडिङ (तालिकासहित)

२८ भदौ, काठमाडौं । दैनिक ४ घण्टा लोडसेडिङको मार खेप्दै आएका सर्वसाधारणले आइतबारदेखि दैनिक ७ घण्टाका दरले लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लागु हुने गरी लोडसेडिङ समयावधी ३ घण्टा बढाएर दैनिक ७ घण्टा imagesपुर्‍याएको छ ।

भारतबाट विद्युत आयात गरिने कुशाहा-कटैया प्रशारण लाइनको केवल परिवर्तनको काम थालेपछि लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ । दैनिक ८० मेगावाट विद्युत आयात गर्दै आएको यस प्रशारण लाइन परिवर्तन गर्न अझै २ हप्ता लाग्ने बताइएको छ ।

वर्षायामको शुरुवातसँगै घटेको लोडसेडिङ वर्षायामको अन्त्यसँगै बढ्न शुरु भएको छ । यस वर्ष दैनिक १६ घण्टासम्म लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरिएको छ । विद्युत प्रयोगकर्ता बढ्दै जानु, उत्पादन जस्ताको तस्तै रहनुले पनि लोडसेडिङ समय बढ्दै जाने प्राधिकरणको स्पष्टोक्ती रहेको छ ।

लोडसेडिङ तालिका

loadsheding(3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment