२८ भदौ, माठमाडौं । भारतीय अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारको घटनाका सबै दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ । शुक्रबार फैसला सुनाउँदै न्यायाधीश राजेश खन्नाले यो मुद्दाले सिंगो देश हल्लाएको बताए ।
अदलतलले मंगलबार नै चारै अभियुक्तलाई दोषी ठहर गरिएको थियो । अभियुक्तमध्येका एकको जेलमा आत्महत्या गरेका थिए भने नाबालिग अभियुक्तलाई ३ वर्षको सजाय यसअछि नै सुनाइएको थियो ।
अदालतमा न्यायाधीशले फैसला सुनाएलगतै दोषीमध्येका एक विनय शर्मा अदालतमै रोएका थिए । उनीहरुका वकीलले कराउँदै भने-‘यो सत्यको जीत हैन, न्यायको हार हो ।’ वकिल एपी सिंहले फैसला पक्षपातपूर्ण भएको बताए । उनले भनेका छन्- ‘यदि फाँसी दिँदा बलात्कार रोकिन्छ भने हामी यसविरुद्ध अपील गर्दैनौं ।’
अदालतमा उपस्थित मृतक युवतीका आमाबाबु र भाइ निकै भावुक देखिएका थिए । उनीहरुले न्यायको जीत भएको प्रतिक्रिया दिएको सरकारी वकिलले भारतीय मिडियालाई बताएका छन् ।
१६ डिसेम्बर २०१२ मा आफ्ना पुरुषसाथीसँग घुम्न भएकी युवती गुडिरहेेको बसमा सामूहिक बलात्कारको शिकार भएकी थिइन् । बलात्कारपछि उनलाई सडकमा फलिएको थियो । निकै गम्भीर अवस्थामा भेटिएकी उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको थियो ।
प्रतिक्रिया 4