Comments Add Comment

यो साता नेप्से २.५८ अंकले माथि

२८ भदौ, काठमाडौं । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले ह्रास भई अन्तिम दिन ५४९.५० अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.९१ अंकले ह्रास भई १३७.६० अंकमा आईपुगेको छ ।

nepse

यो साता नेपाल स्टक एक्सचेन्जमा १३९ कम्पनीको कारोबार भएको छ । साताभरि ११ हजार ६ सय ४३ कारोबारबाट ९७ करोड २६ लाख ७८ हजार रुपैयाँ बराबरका २५ लाख २२ हजार ७ सय २१ कित्ता शेयरहरु खरीद बिक्री भएका छन् ।

गत साता १४१ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार ९४०० कारोबारबाट २ अरव ९ करोड ७३ लाख ३९ हजार रुपैयाँ बराबरका ६२ लाख ८९ हजार ७ सय ९६ कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ५३.६२ प्रतिशतले ह्रास भएको हो । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको मात्र ६० करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ६२.४८ प्रतिशत हो ।

यस साता कारोबार रकम -रु.२५ करोड ७१ लाख ८४ हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको शेयर संख्या -२ लाख २० हजार ८ कित्ता) को आधारमा नविल व्यालेन्स फण्ड अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा -२८३४ वटा) को आधारमा मेघा बैंक नेपाल अग्रस्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment