Comments Add Comment

बाख्रा बलात्कार गर्ने युवकलाई डेढ महिना जेल, गोठमा निषेध

बाख्रालाई बलात्कार गरेको अभियोग प्रमाणित भएपछि एक युवकले डेढ महिना जेलको हावा खानु पर्ने भएको छ । बेलायतको उत्तरपश्चिमी विल्टशायरका २३ वर्षका एक पुरुषलाई पशु करणीको मुद्दामा जेल सजाय मात्र होइन अब उनलाई देशभरका कुनैपनि बाख्रा फार्ममा जान समेत प्रतिबन्ध लगाइएको छ । जनावरलाई सुरक्षा प्रदान गर्न भन्दै उनीमाथि देशका पशु फार्ममा जान प्रतिबन्ध लगाइएको हो ।

goat

रोबर्ट न्युम्यान नामका ती पुरुषले छिमेकीको फार्मको बाख्रलाई बलात्कार गरी सख्त घाइते बनाएर भेटेनरी अस्पतालमा भर्ना गर्नुपरेको थियो । सुरुमा बाख्रा बलात्कार गरेको आरोप अस्विकार गरेपनि उनले अन्ततः कसूर स्विकार गरे ।

समाचार अनुसार पटक पटक बाख्रा बिरामी हुन थालेपछि र बाख्राको यौनांगमा घाउ देखिन थालेपछि बाख्रा धनी चिन्तित भए । उनीहरुले बाख्राको आफै निगरानी गरेर पुग्ने अवस्था रहेन । त्यसैले फार्ममा क्यामरा जडान गरे । अन्त्यमा ती युवकले बाख्रालाई पटक पटक बलात्कार गर्ने गरेको दृश्य क्यामरामा कैद भएपछि उक्त कुराको पोल खुल्यो ।

अदालत समक्ष बयान गर्दा ती युवकले यस्तो घृणित काममा फस्ने आफ्नो इच्छा नभएपनि आफुले बाध्यताबस त्यस्तो गरेको र अब फेरी असल जिन्दगीमा फर्किने बताए । उनका वकिलले पनि ती मानिस एक्लोपना तथा डिप्रेसनबाट पीडित भएकाले उनलाई सजाय नभै उपचार आवश्यक रहेको बताएका थिए । विल्टसायर मजिस्ट्रेट कोटले उनी विरुद्ध ६ हप्ताको जेल सजाय सुनाउँदै ती युवक विरुद्धको अर्को मुद्दाको सजाय समेत यसैमा गाभिने जनाएको छ । उनी विरुद्ध डाँका गरेको अभियोग समेत लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment