२८ भदौ, काठमाडौं । सरकारले आगामी संविधानसभा निर्वाचनका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । दलहरुको विरोधका बीच निर्वाचन आयोगले पूर्व सेना र प्रहरीलाई प्राथमिकतामा राख्दै म्यादी प्रहरी भर्ना गर्न अनुमति दिएको थियो ।
बैठकले गृह सचिवको जिम्मेवारी जनार्दन नेपाललाई दिएको छ । निवर्तमान गृहसचिव नवीनकुमार घिमिरेले शनिबारदेखि अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । घिमिरेको सम्मानमा शुक्रबार गृह मन्त्रालयमा बिदाई कार्यक्रम गरिएको थियो । सचिव घिमिरेले शाखा अधिकृतबाट निजामती सेवा प्रारम्भ गर्नुभएको थियो ।
मन्त्रिपरिषद् बैठकले नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्तिको अनसन तोड्ने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
प्रतिक्रिया 4