+
+
Shares

चम्ल्याहा सन्तान मध्ये ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २९ गते ९:०४

२९ भदौ, विराटनगर । गत भदौ २० गते नोवेल मेडिकल कलेजमा दिपा भट्टराईले जन्माएका चम्ल्याहा सन्तान मध्ये ३ को मृत्यु भएको छ । जन्मदै कम तौल भएका बच्चाहरुलाई स्वास्थ्यमा समस्या देखिएपछी एनआइसियुमा राखिएका थियो । एक साता पछि शुक्रवार विहान ३ सन्तान मध्ये कम तौल एक किलोको छोरा र ८ सय ग्रामकी छोरीको मृत्यु भएको दिपाका भाई देवेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

यस अघि पनि मंगलवार एक किलो २ सयग्रामका छोराको मृत्यु भइसकेको छ । शरिरका अंगहरु पूर्ण रुपमा विकसित नभएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । अव प्रथम पटक जन्मिएका एक किलो २ सय ग्रामको छोरा मात्र छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?