Comments Add Comment

डलरको मूल्य १०२ रुपैयाँ तल

३० भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्य १०२ रुपैयाँबाट तल झरेको छ । आज आइतबार विहान नेपाली बैंकहरुले डलरको मूल्य शुक्रबारको तुलनामा केही कम तोकेका छन् ।

Doller-Photo

नेपाल इन्भेष्टमेन्ट बैंकले बिहानी कारोबारमा डलरको बिक्री मूल्य १०१.८५ र खरिद मूल्य १००.७४ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, नबिल बैंकले बिक्री दर १०१.९० रुपैयाँ र खरिद दर १००.७९ रुपैयाँ तय गरेको छ ।

१०९ रुपैयाँ नाघेको डलरको बिक्री मूल्य अघिल्लो साताको आइतबारबाट क्रमशः घटेको हो । ८७ रुपैयाँको हाराहारीमा रहेको डलरको बिक्री मूल्य तीन महिनामा आकासिएको हो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएको तथा भारतीय अर्थतन्त्र कमजोर बन्दै गएको कारण डलरको मूल्य बढेको हो ।

नेपाल र भारतबीच स्थिर विनिमय दर कायम रहेको कारण भारु अवमूल्यन हुँदा नेरुको मूल्य पनि स्वतः घट्ने गर्छ । भारतीय मुद्राको मूल्य वास्तविकभन्दा तल झरेको हुनाले क्रमशः बलियो हुँदै २०१३ को अन्तसम्म ८८ रुपैयाँदेखि ९२ रुपैयाँको बीचमा आउने दाबी भारतीय विश्लेषकले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment