Comments Add Comment

गाडी व्यवसायी उपहारको होडबाजीमा

सुरेश भुसाल/नविन अर्याल

चाडपर्व तथा मेला महोत्सव व्यवसायीहरुका लागि राम्रो कमाउने सिजन हो । यस समयमा व्यवसायीहरुले अन्य समयमा भन्दा ३/४ गुणा बढी व्यापार गर्ने गर्छन् । बढ्दो प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थिती दहरो बनाउन कम्पनीहरुले आकर्षक स्किमहरु उपभोक्तामाझ पस्किने गरेका छन् । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’ मा पनि गाडी कम्पनीहरुबीच आकर्षक स्किमको होजबाजी चलेको छ ।

गाडीहरुको कुम्भ मेला मानिने ‘नाडा अटो शो’ मा ग्राहकहरु आफुतर्फ आकषिर्त गर्न कम्पनीहरुले नयाँ स्किम ल्याउन को भन्दा को कम गरिरहेका छन् । कम्पनीहरुले मेलामा गाडी हेरिकन ६ लाखसम्म क्यास डिस्काउन्ट दिने बताएका छन् । कतिपय कम्पनीहरुले अमेरिका, युरोप घुमाउने स्किम ल्याएका छन भने कतिपयले मोटरसाइकल र गाडी बम्पर उपहारमा राखेका छन् ।

‘नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरि आयोजना गरिएको मेलाबाट दशैं तिहार उपहार योजना पनि शुरु हुन्छ’ ज्योति समुह अन्र्तगतको स्याकर ट्रेडिङ प्रालिका अध्यक्ष सौरभ ज्योतिले भन्नुभयो- ‘यस सिजनमा कम्पनीहरुले बढी भन्दा बढी गाडीहरु बिक्री गर्न चाहान्छन् ।’ अन्य महिनामा सयवटा होण्डा बाइक तथा स्कुटहरु बिक्री हुँदै आएकोमा चाडपर्वमा मासिक ३ सय थानसम्म बिक्री गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो ।

यस्ता छन उपहार योजना

होण्डा

जापानीज ब्राण्ड होण्डा गाडी तथा मोटरसाइकलमा कम्पनीले मेलाबाट दशैं तिहार उपहार योजना शुरु गरेको छ । उपहार योजना अन्तर्गत होण्डाको बि्रओ गाडी खरिद गर्ने ग्राहकहरुलाई १ लाख १० हजार रुपैयाँ क्यास डिस्काउन्ट दिने भएको छ ।

honda-amaze

त्यसैगरि, होण्डा अमेज खरिद गर्ने ग्राहकहरुलाई १ लाख २५ हजार रुपैयाँ र होण्डा सिटी खरिद गर्ने ग्राहकहरुलाई २ लाख रुपैयाँ क्यास डिस्काउन्ट गर्ने जनाएको छट । क्यास डिस्काउन्ट सँगसँगै कम्पनीले ग्राहकहरुलाई १ वर्षसम्मको रोड ट्याक्स तिरिदिनुका साथै एसेस्सरिजमा १० हजार छुट दिने बताएको छ ।

टाटा

नेपालमा सर्वाधिक गाडी बिक्री गर्दै आएको टाटाले मेलामा ‘टाटा मोटर्स सानदार, डिस्काउन्ट दमदार’ उपहार योजना ल्याएको छ । दशैं र तिहासम्म लक्षित गरेर ल्याइएको यो उपहार योजनाअन्तर्गत भिष्टा डी९० खरिद गर्दा २ लाख रुपैयाँ क्यास डिस्काउन्ट र ३५ हजार रुपैयाँको एसेस्सरिज निःशुल्क दिने बताएको छ ।

त्यसैगरि, टाटा स्ट्रोम भिएक्स खरिद गर्ने ग्राहकहरुलाई साढे २ लाख रुपैयाँ र ५५ हजार रुपैयाँको सेसेस्सोरिज निःशुल्क दिने छ । टाटा माञ्जामा १ लाख ७५ हजार रुपैयाँ र ३५ हजार रुपैयाँको निःशुल्क एसेस्सोरिज उपलब्ध गराउने जनाएको छ ।

TATA

इन्डिका भिटुमा ७५ हजार डिस्काउन्ट र ४० हजार रुपैयाँको एसेस्सोरिज, इन्डिगोमा १ लाख ७५ हजार रुपैयाँ डिस्काउन्ट र ३५ हजार रुपैयाँको एसेस्सोरिज, सुमोमा ५० हजार रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, ग्राण्डमा २ लाख रुपैयाँ छुट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, सफारी एलएक्समा १ लाख रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज, सफारी एलएक्स ४एक्स४ २ लाख रुपैयाँ डिस्काउन्ट र ५५ हजार रुपैयाँको एसेस्सोरिज निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

 टोयोटा

जापानको विश्वप्रशिद्ध गाडी उत्पादक कम्पनी टोयोटाले मेलामा ग्राहकहरु आकषिर्त गर्न १ लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने भएको छ । दशैं तिहारसम्मको लागि ल्याइएको यो अफरमा मोडल र मूल्य हेरिकन गाडीमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

Toyota-etios

कम्पनीले सस्तो कार इटिओस बजारमा ल्याएपछि टोयोटामा सर्वसाधरणको आकर्षण बढ्न थालेको छ । नेपालमा टोयोटा गाडी युनाइटेड सिन्डीकेट प्रालिले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पछिल्लो समय भित्राएको टोयोटा र्‍याभफोर गाडी सार्वजनिक नै गर्न नपाउँदै मेलामा बुकिङ शुरु भएको छ ।

उच्च वर्गलाई लक्षित गरि भित्राइएको र्‍याभफोर र मध्यमवर्गलाई लक्षित गरि भित्राइएको इटिओस गाडी मेलामा विशेष आकर्षण बन्न पुगेका छन् ।

सुजुकी

सुजुकी गाडीमा पनि कम्पनीले दशैंतिहारलाई लक्षित गरि मेलाबाट उपहार योजनाको सुरु गरेको छ । कम्पनीले गाडी किन्दा मोटरसाइकल फि्र नामक उपहार योजना ल्याएको छ । सुजुकी अल्टो र सुजुकी केटेन गाडी खरिद गर्ने ग्राहकहरुलाई टिभिएस विगो मोटरसाइकल दिने जनाएको छ ।

त्यसैगरि, वागनर र ए-स्टार खरिद गर्ने ग्राहकहरुले आरटिआर १६० अपाचे मोटरसाइकल पाउने छन भने स्वीफ्ट र स्वीफ्ट डिजायर गाडी खरिद गर्ने ग्राहकहरुले १८० सीसीको अपाचे मोटरसाइकल पाउने छन् । मोटरसाइकल लैजान नचाहने ग्राहकहरुले सोही बराबरको रकम पाउने कम्पनीले जनाएको छ ।

suzuki-swift

ग्राहकहरुलाई कम्पनीले एक वर्षको रोड ट्याक्स तिरिदिने, ३ वर्षको वारेन्टी प्रदान गर्ने, १२ पटकसम्म फि्र सर्भिसिङ गरिदिने छ । नेपालमा सुजुकी गाडीको आयात तथा बिक्री वितरण सीजी अटोमोबाइल्सले गर्दै आएको छ ।

महिन्द्रा फोर हृविलर्स

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनर्जीले मेलाबाट दशैंतिहार उपहार योजना शुरु गरेको छ । कम्पनीले महिन्द्र एक्युभी ५०० गाडी खरिद गर्ने ग्राहकहरुलाई १ लाखदेखि डेढ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ । त्यस्तै, महिन्द्रा क्वान्टो गाडी खरिद गर्ने ग्राहकहरुमध्ये प्रत्येक ५ जनाबाट लक्कि ड्र गराएर डिम्याक बाइक बम्पर उपहार प्रदान गर्ने भएको छ ।

mahindra-xylo

किया

किया मोटर्सले मेलामा ‘किया विग बार्गेन’ नामक आकर्षक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत कम्पनीले गाडीको मोडल हेरिकन ६ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ । दशैं तिहारलाई समेत लक्षित गरी ल्याइएको उपहार योजना छठसम्म चल्ने बताइएको छ । यस अवधीमा कम्पनीले १ सय थान गाडी बिक्री गर्ने लक्ष्य राखेको छ ।

kia-rio

हुण्डाई

नेपाली बजारमा लोकपि्रयता कमाउन सफल भएको कोरियन ब्राण्ड हुण्डाइले मेला र दशैं तिहारलाई लक्षित गरी ‘सुपर डुपर बम्पर’ उपहार योजना ल्याएको छ । योजनाको सुपर उपहारअन्तर्गत ग्राहकहरुलाई गाडीको मोडल हेरेर ६५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिइएको छ ।

hyundai-Tucson

त्यसैगरि, डुपर उपहारअन्तर्गत १० जनाले ५/५ तोला सुन प्राप्त गर्नेछन भने बम्पर उपहार अन्तर्गत २ जनालाई इओन कार उपलब्ध गाराउने कम्पनीले जानकारी दिएको छ । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्कर्पोरेटले उपहार योजना नोभेम्बर ९ तारिखसम्म चल्ने जनाएको छ । डुपर र बम्पर उपहार योजनाको अन्त्यमा लक्की ड्र मार्फत बिजेता छनौट गरिनेछ ।

फोर्ड

अमेरिकन ब्राण्ड फोर्डले मेलालाई मात्र लक्षित गरेर ‘फोर्ड फेन्टास्टिक अफर’ उपहार ल्याएको छ । उपहार योजनाअन्तर्गत कम्पनीले मेलामा गाडी खरिद गर्ने ग्राहकहरुमध्येबाट लक्की ड्र मार्फत एक जनाको जोडीलाई अमेरिका भ्रमणमा लैजाने जनाएको छ ।

ford-focus

त्यसैगरि, कम्पनीले विभिन्न इलेक्ट्रोनिक्स समानहरु, एक वर्षको इन्स्योरेन्स, क्यास डिस्काउन्ट, एक्सचेञ्ज बोनस, फि्र एसेस्सोरिज लगाएतका उपहारहरु उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ । नेपालमा फोर्डका गाडीहरु गोल्छा अर्गनाइजेशनले बिक्री वितरण गर्दै आएको छ ।

भक्सवागन

जर्मनी ब्राण्ड भक्सवागनले दशैं तिहारसम्म लक्षित गरि ‘भेरि वण्डरफुल अफर’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले बम्पर उपहारअन्तर्गत लक्की ड्र मार्फत १ जनाको जोडीलाई ८ रात ९ दिनको युरोप भ्रमणमा लैजाने कम्पनीले जनाएको छ ।

volkswagen-new-polo

त्यसैगरि, दोश्रो र तेश्रो पुरस्कार क्रमशः ६५इन्चको पानासोनिक थि्रडी टिभी एकजनालाई र ५० इन्चको पानासोनिक थि्रडी टिभी १ जनालाई उपलब्ध गराउने जनाएको छ । त्यस्तै, गाडी खरिद गर्ने ग्राहकहरुलाई हात खाली नजाने पानासोनिक कम्पनीको टिभी, होम थियटर, क्यामेरा र नोकिया लुमिया फोन प्रदान गर्ने जानकारी दिएको छ ।

सुवारु

जापानीज ब्रण्ड सुवारु गाडीको नेपालका लागि आधिकारिक बिक्रेता विजय मोटर्सले मेलामा क्यास डिस्काउन्ट उपहार ल्याएको छ । दशैं तिहारसमेत लक्षित गरि ल्याइएको उपहार योजनामा २ लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म क्यास डिस्काउन्ट दिने जनाएको छ ।

Subaru-WRX-STI-1

स्कोडा

स्कोडा गाडीले मेलामा दशैं तिहार उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले स्कोडा खरिद गर्ने ग्राहकहरुलाई ६ महिनासम्मको मन्थली स्टलमेन्ट बुझाइदिने भएको छ । स्टलमेन्ट गाडीको मोडल र मूल्यअनुसार फरक-फरक लाग्ने बताइएको छ ।

skoda-car

तस्वीरः सुमित शाक्य/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment