Comments Add Comment

हलिउड फिल्म कमाउछन् १५ हजार करोड(टपटेन नामसहित)

बलिउड सिनेमाले २ सय करोड कमाउँद मिडियामा सर्वाधिक चर्चा हुन्छ । हालै मात्र चलचित्र ‘चेन्नई एक्सप्रेस’ले विश्वभर ३ सय करोड माथिको व्यापार गर्दा खुबै चर्चा भयो । तर हलिउड सिनेमाले १५ सय करोड माथिको व्यापार गरेको आँकडा पाइन्छ । यहाँ हामीले सर्वाधिक कमाई गर्ने १० हलिउड चलचित्रलाई प्रस्तुत गरेका छौ ।hollywood-movieहलिउडमा अहिलेसम्म सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रमा ‘अवतार’ पर्दछ । जसले विश्वव्यापी रुपमा १५९८८ करोडको व्यापार गरेको थियो । हलिउड चलचित्र अमेरिका वा पश्चिमेली देशमा मात्र नभई विश्वभर प्रसिद्ध छन् । यसैले पनि केही चलचित्रको पर्खाई विश्वभरका दर्शकलाई हुने गर्दछ ।

सन् २०१० मा प्रदर्शनमा आएको ‘टोए स्टोरी ३’ ले १.०६३ बिलियन डलर कमाएको थियो । सन् २००६ मा प्रदर्शनमा आएको चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन, डेड म्यान चेष्ट’ले १.०६६ बिलियन डलर कमाएको थियो । यस्तै सन् २०१२ मा प्रदर्शनमा आएको ‘द डार्क नाइट राइजेस’ले १.०८१ बिलियन डलर कमाएको थियो ।

सन् २०१२ को अक्टोबरमा प्रदर्शनमा आएको ‘द स्काइफल’ले १.१०८ बिलियन डलर आम्दानी गरेको थियो । ‘द लर्ड अफ द रिङ, द रिर्टन अफ द किङ’ सन् २००३ मा प्रदर्शनमा आएको थियो । यो सिनेमाले १.११९ बिलियन डलर कमाएको थियो ।

सन् २०११ मा प्रदर्शनमा आएको ‘ट्रान्सर्फमर’ले १.१२३ बिलियन डलर कमाएको थियो । यो सिनेमा सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचिको पाचौ स्थानमा पर्दछ । सन् २०११ मा प्रदर्शनमा आएको ‘ह्यारी पोटर एन्ड द डेथ्ली ह्यालोज पार्ट २’ ले १.३२८ बिलियन डलर कमाएको थियो । यो चलचित्रले दर्शकको उल्लेखनिय साथ पाएको थियो । सन् २०१२ को अपि्रल महिनामा प्रदर्शनमा आएको ‘द एभेन्जर्स’ले १.५११ बिलियन डलर कमाएको थियो । विश्वव्यापी प्रदर्शनमा आएको चलचित्र ‘टाइटानिक’ सन् १९९७ को डिसेम्बर महिनामा प्रदर्शनमा आएको थियो । यो सिनेमाले २.१ बिलियन डलर आम्दानी गरेको थियो । चलचित्रले विश्वाव्यापी चर्चा समेत पाएको थियो ।

हलिउडमा आजसम्मकै सर्वाधिक आम्दानी गर्ने सिनेमाको सूचिमा ‘अवतार’ पर्दछ । यो सिनेमा सन् २००९ मा विश्वव्यापी प्रदर्शनमा आएको थियो । जसले २.७ बिलियन डलर आम्दानी गरेको थियो । यो सिनेमाको रेडर्क आजसम्म अन्य सिनेमाले तोड्न सकेका छैनन् । बलिउडमा २ सय करोडको कमाइले तहल्का मच्चाइरहदा विश्वकै सबैभन्दा ठूलो फिल्म नगरी हलिउड भने करिब १६ हजार करोडको छेउछाउमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment