३० भदौ, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नेपालमा पालिएका अष्ट्रिजको २८ करोड रुपैयाँको बीमा गरेको छ ।
रुपन्देहीको गंगोलियास्थित अष्ट्रिज नेपाल प्रालिले ७ सय अष्ट्रिजको बीमा गराएको हो । बीमा कम्पनीले सुरु चरणमा ६ महिनाको लागि बीमा गरेको हो । यसको पि्रमियम २.६२ प्रतिशत कायम गरिएको छ ।
कम्पनीसँग २ हजारभन्दा बढी अष्ट्रिज रहेको प्रबन्ध निर्देशक सीपी शर्माले बताउनुभयो । सरकारले पशु बीमामा ५० प्रतिशत पि्रमियम शुल्क अनुदान दिने व्यवस्था गरेको छ । तर अष्ट्रिज बीमा ठूलो अंकको भएको हुनाले सरकारी अनुदान पाउने सम्भावना छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4