+
+
Shares

‘टीसीएल तीनको तरङ’ उपहार योजना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ६ गते १८:५४

असोज, काठमाडौं । विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड टीसीएलले दसैं र तिहारको लागि उपभोक्ता उपहार योजना ल्याएको छ । योजनाको नाम ‘टीसीएल तीनको तरङ’ रहेको छ । विभिन्न रेन्जका जुनसुकै समान किन्दा तीन फरक उपहार पाइने कम्पनीले जनाएको छ ।

TCLLogo

सोमबार असोज ७ गते सुरु हुने उपहार योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । प्रत्येक टीसीएल एलईडी वा एलसीडी टिभीको खरिदमा ग्राहकले दुई वटासम्म स्क्राच कुपन पाउनेछन् । त्यसमा टिभीको आकारअनुसार तत्काल नगद प्राप्त गर्न सकिनेछ । त्यस्तै, टीसीएल वासिङ्ग मेसिन किन्दा एउटा आइरन उपहार पाइने कम्पनीले जनाएको छ । सीआरटी टिभी र चेस्ट फि्रजर किन्दा पनि ग्राहकले आइरन सो उपहार पाउनेछन् ।

हरेक सामानको खरिदमा ग्राहकले एउटा लक्की ड्र कुपन पाउनेछन् । योजनाको अन्त्यमा त्यसबाट एक जना भाग्यशाली ग्राहक छनोट गरिनेछ, जसले टीसीएल ४६ इन्च थ्री डी स्मार्ट टिभी प्राप्त गर्नेछ । उपभोक्ताले यस कम्पनीका प्रडक्टको रेन्ज कम्पनीको वेभसाइटबाट पत्ता लगाउन सक्नेछन् ।

‘द क्रियटिभ लाइफ’ नारासहित टीसीएल उपभोक्तामाझ विद्युतीय सामग्रीको उत्पादकको रुपमा परिचित छ । नेपालमा इओएल प्रालिले टीसीएलका उत्पादनको बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?