+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

राजमो र संजमोवीच पार्टी एकीकरण

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ८ गते १५:४०

८ असोज, काठमाण्डौ । चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजिलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा पार्टीको नाम राष्ट्रिय जनमोर्चा नै राख्ने, नेतृत्व केसीले नै गर्ने र नेपालको लोकतान्त्रिक, वामपन्थीका विचारधाराका साथै राष्ट्रियता र जनजीविकाका सवालमा निरन्तर संघर्ष गर्ने सहमतिसहित पार्टी एकीकरण भएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष केसीले पहिला पनि एउटै ठाउँ, एकै नीति भएर हिँडेकोमा पछि केही सैद्धान्तिक मत भिन्नताका कारण अलग भए पनि अहिले एक ठाँउमा आएको उल्लेख गर्नु भयो । केसीले एकीकरणले अखण्ड राज्य कायम राख्ने अभियानमा थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले राजावादी र मधेसबादी बाहेकका दलहरुसँगको सहकार्यमा एक साता भित्रै पार्टी उमेदवार घोषणा गर्ने जानकारी दिनुभयो । केसीले निर्वाचन चार दलकै कारणले गर्दा अन्यौलमा परेको आरोप लगाउँदै निर्वाचन नभए चार दलकै कारण नहुने ठोकुवा गर्नु भयो ।

यद्यपी उहाँले निर्वाचन कुनै पनि हालतमा हुनैपर्नेमा जोड दिदै निर्वाचन नभए मुलुक विखण्डनकारीहरुको मनोबल बढ्ने चेतावनी दिनुभयो । संयुक्त जनमोर्चा नेपालका संयोजक काजिलाल वाईवाले दुई पार्टी सकारात्मक सोचका साथ एक भएको उल्लेख गर्दै अब राष्ट्र, राष्ट्रियताको रक्षा र जनतालाई सार्वभौम अधिकारसम्पन्न बनाउन सशक्त ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?