Comments Add Comment

इराकविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै नेपालले बराबरीमा रोक्यो

११ असोज, काठमाडौं । राजधानीमा जारी एएफसी यू-१६ छनोट फुटबलमा नेपालले इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेको छ । पहिलो हापमा २ गोलले पछि परेको नेपालले दोस्रो हापमा उत्कृष्ट पुनरागमन गर्दै २-२ को बराबरी खेल्दै अंक खोसेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा इराकले पहिलो हापमा २ गोलको अग्रता लिएको थियो । पहिलो ५ मिनेटमा नै दुई राम्रो पोष्ट चार्ज गरेको इराकले १५ औं मिनेटमा नेपाली डिफेण्डरको गल्तीको फाइदा उठाउँदै हुसम असनले गोल गरेका हुन् । उनको प्रहार नेपाली गोलरक्षक रोमन रसाइलीले एक हातले रोक्ने प्रहार गरेपनि सफल भएनन् । पहिलो हापको अन्त्यमा इराकले काउन्टरमा अग्रता दोब्बर पार्‍यो । उसका लागि अमिर सहवले मध्यभागबाट एक्लै बल लगेर गोल गरेका हुन् ।

त्यसअघि पहिलो हापमा नेपालले केही राम्रो मौका पाए पनि गोल गर्न सकेको थिएन । ३६ औं मिनेटमा अन्जन विष्टले प्रयास गरेका थिए भने ४० औं मिनेटमा किरण सुनारको प्रहार बारमाथिबाट बाहिरिएको थियो । यस्तै ४२ औं मिनेटमा विमल घर्तीमगरले डिबक्स बाहिरबाट हानेको प्रहार पोलमा लागेर बाहिरिएको थियो । पहिलो हापको अन्त्यमा नेपालले काउन्टरमा बल अघि बढाएपछि इराकी खेलाडीले विमललाई कुनै मौका दिएनन् ।

तर, दोस्रो हापमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले ४९ औं मिनेटमा गोल गर्‍यो । नेपाली कप्तान विमल घर्तिमगरले उत्कृष्ट गोल गरेका हुन् । लगतै उनले नै इराकको डि बक्समा राम्रो मौका पाए पनि केही ढिला भए । ५७ औं मिनेटमा हेमन्त थापाले करिव २५ यार्ड टाढाबाट गरेको उत्कृष्ट प्रहार इराकी गोलरक्षकले मुस्किलले बताए । त्यसमा पाएको कर्नरमा अन्जन विष्टको प्रहार पनि उनले रोके । ६० औं मिनेटमा इराकले गोल गार्ने राम्रो मौका चुकायो । ६७ औं मिनेटमा इराकले अर्को मौपा पाएको थियो । नेपाली गोलरक्षक रसाइलीले हातबाट फुत्किएको बल फेरि नियन्त्रणमा लिन सफल भए ।

७५ औं मिनेटमा हेमन्त थापाको फि्र किक प्रहार इराकका गोलरक्षकले बचाए । दोस्रो हापमा लगातार इराकलाई दबावमा राखेको नेपालले ८० औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । हेमन्तको कर्नरमा अन्जन विष्टले गोल गरेका हुन् । त्यसपछि पनि दुबै टोलीले केही मौका पाएपनि गोल गर्न सकेनन् र २-२ को बराबरी खेल्दै अंक बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment