+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हामी पानीका फोका हैनौं, नौटंकीमा उमेद्वार नबन्नोस् !

मुलुक चुनावमय भैरहेका बेला वैद्य नेतृत्वको नेकपा-माओवादीले भने अढाइ दिन लगाएर पोलिटब्यरो बैठक सकेको छ । बैठकको निर्णय सार्वजनिक गर्न बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनको पछिल्लो लहरमा बसेका बाँकेका पूर्वसभासद तिलक परियारको अनुहारमा खुशी थिएन । कालीकोट र ललितपुरका पूर्वसासदद्वय खड्गबहादुर विक र पम्फा भुसाल पनि बेखुश देखिनुहुन्थ्यो । अध्यक्ष मोहन वैद्यको दायाँ-वायाँ बस्नुभएका सिन्धुली र चितवनका पूर्वसभासद सीपी गजुरेल र रामबहादुर थापा वादल पनि मलीन र गम्भीर देखिनुहुन्थ्यो । माओवादी सभिव एवं मनाङका पूर्वसभासद देव गुरुङ भने पत्रकार सम्मेलनमा मञ्चमै नगई मोवाइल खेलाएर उभिइरहनुभएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७० असोज १६ गते १७:३१

-मोहन वैद्य, अध्यक्ष, नेकपा माओवादी

मुलुक चुनावमय भैरहेका बेला वैद्य नेतृत्वको नेकपा-माओवादीले भने अढाइ दिन लगाएर पोलिटब्यरो बैठक सकेको छ । बैठकको निर्णय सार्वजनिक गर्न बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनको पछिल्लो लहरमा बसेका बाँकेका पूर्वसभासद तिलक परियारको अनुहारमा खुशी थिएन । कालीकोट र ललितपुरका पूर्वसासदद्वय खड्गबहादुर विक र पम्फा भुसाल पनि बेखुश देखिनुहुन्थ्यो । अध्यक्ष मोहन वैद्यको दायाँ-वायाँ बस्नुभएका सिन्धुली र चितवनका पूर्वसभासद सीपी गजुरेल र रामबहादुर थापा वादल पनि मलीन र गम्भीर देखिनुहुन्थ्यो । माओवादी सभिव एवं मनाङका पूर्वसभासद देव गुरुङ भने पत्रकार सम्मेलनमा मञ्चमै नगई मोवाइल खेलाएर उभिइरहनुभएको थियो ।

चुनावमा आउँछौं भन्दाभन्दै सरकार र चारदलले एक्लै छाडेर अगाडि बढेपछि माओवादी नेता एवं पूर्वमन्त्रीहरु देशको चिन्ताले गम्भीर देखिनुभएको हो या सांसद र मन्त्री बन्ने सम्भावनाबाट वञ्चित हुनुपरेकोमा चिन्तित हुनुभएको हो, यो उहाँहरुको भावी राजनीतिक निष्ठाले प्रष्ट पार्ने छ । तर, वैद्यपक्षको चुनाव बहिस्कारको नीतिले करिब २० जना पूर्वसभासदको संसदमा जाने धोकोमा पूर्णविराम लागेको छ । मुलुक चुनावमा होमिइसकेको अवस्थामा अब नेकपा-माओवादीले कस्तो रणनीति अपनाउला भन्ने पत्रकारहरुको प्रश्नबारे माओवादी अध्यक्ष मोहन वैद्यको जवाफ चाहिँ यस्तो छ :

mohan-baidhya-2

अध्यक्ष खिलराज रेग्मीले त अमेरिकाबाट फर्केपछि विमानस्थलबाटै तपाईहरुको आन्दोलनलाई ‘पानीको फोका’ भन्नुभयो नि ?

– संसारका तानाशाहहरुले यस्तो भन्दै आएका छन् । तानाशाहरुका यी बकवास हुन् । त्यही संयुक्त राष्ट्र संघमा पुगेका बेलामा पनि त्यहाँका नेपालीहरुले नेकपा माओवादीसहितका दलहरुलाई अवज्ञा गरेर गरिने निर्वाचनको औचित्य छैन भनेर खिलराज रेग्मीलाई दुत्कारेको दुनियाँलाई थाहा छ । त्यहीँ संयुक्त राष्ट्र संघलाई नेपाल वार एशोसिएसनले खिलराज रेग्मी प्रधानन्यायाधीशबाट हट्नुपर्छ भनेर गम्भीरतापूर्वक लेखिएको पत्रका बारेमा पनि सबैलाई थाहा छ । त्यसैले कुनै तानाशाहले हामीलाई पानीका फोका भनेर हामी हुँदैनौं । बरु उनीहरु नै इतिहासमा पानीका फोका भएर बिलाउने छन् ।

मुख्य राजनीतिक दलका नेताहरु टिकट लिएर गाउँ गइरहेका छन्, तपाईहरुले सशक्त र सक्रिय बहिस्कार भन्नुभएको छ । उनीहरु त गाउँमा चुनावी प्रचार-प्रसार गर्न गइहाले, अब तपाईहरु कस्तोखाले सशक्त र सक्रिय बहिस्कार गर्नुहुन्छ ?

– हामीले भन्दै आएका छौं, यथास्थितिमा निर्वाचनको बहिस्कार गर्ने हो भन्ने कुरा स्पष्ट पार्दै आएका छौं । यो स्थितिमा हामी ती उमेद्वारहरुलाई पनि अनुरोध गर्छौं, उहाँहरु यो चुनावी नौटंकीमा उमेद्वार बनेर नजानोस् । देश र जनतालाई धोका नदिनोस् भनेर उहाँहरुसँग पनि हामी अनुरोध गर्छौं र यसका साथसाथै हामी जनताको वीचमा पनि उहाँहरुलाई भोट दिने प्रक्रियामा नजानोस् भनेर विनम्र अनुरोध गर्छौं । र, हामीले विविध प्रकारका राजनीतिक खालका कार्यक्रमहरु सम्पन्न गर्दै जान्छौं । यो स्थितिमा उहाँहरुले के गर्नुहुन्छ, हाम्रो कुरा र जनताको कुरा स्वीकार गर्नुहुन्छ या अवज्ञा गर्नुहुन्छ, त्यसपछि के गर्ने भन्ने कुरा त्यही बेला थाहा हुन्छ, अहिले नै भन्ने कुरो भएन ।

तपाईहरुले चुनावका बेलामा १० दिन लामो हड्तालको घोषणा गर्नुभएको छ, जनताले प्रतिकार गरे भने के गर्नुहुन्छ ?

– दश दिनको आम हड्तालको घोषणा गरिएको छ, यो अत्यन्तै जटिल परिस्थितिमा गरिएको हो । र, यस प्रकारको आम हड्तालको जनताले दृढ समर्थन गर्छन् भन्ने हामीलाई विश्वास छ । यसको प्रतिकार र विरोधमा उत्रन त वर्ग दुश्मन र तिनका दलालहरु निश्चितरुपमा उत्रिएलान्, तर, जनता यसको प्रतिकारमा उत्रिँदैनन् भन्ने हामीलाई लागेको छ ।

सत्तापक्षसँग वार्ता चाहिँ अब टुंगिएकै हो त ?

– जहाँसम्म वार्ताको कुरा छ, एउटा प्रक्रियामा त वार्ता करिब-करिब टुंगियो । यहथास्थितिमा हामीले चुनावमा भाग लिँदैनौं भन्दै आएका थियौं र चारबुँदे प्रस्ताव पनि पेश गरेका थियौं । झण्डै-झण्डै यसमा सहमति पनि कायम भएको थियो । तर, वैदेशिक शक्तिहरुको चलखेल पनि र अर्कोतिर देशभित्रैका वैदेशिक शक्तिकेन्द्रका दलालहरुले माओवादीले राखेका मागहरु अस्वीकार गरिएको अवस्थामा एउटा प्रक्रियाको वार्ता अन्त्य भयो । यसको अन्त्य उनीहरुबाट भयो, हामीले गरेका हैनौं । अब अर्को प्रक्रियामा मुलुक अगाडि बढ्दै जान्छ । हामीले वार्ताको निषेध गर्ने भन्ने कुरा हैन । यो उनीहरुले नै निर्णय गरेका हुन्, हामीले त वार्तामार्फत् नै अगाडि बढ्न चाहिरहेका हौं ।

पछिल्लो समयमा पनि ३३ दलका नेता र चारदलका नेतावीच अनौपचारिक वार्ताहरु भैराखेको सुनिन्थ्यो नि ?

-हो, हामीले पनि संयन्त्र बस्यो भन्ने सुन्यौं । तर, हामीले ३३ दलीय मोर्चाबाट गम्भीरताका साथ जुन कुराहरु गरेका थियौं र राष्ट्रिय सहमितको विकल्प छैन भनेर वार्ताबाट समस्या समाधान गरौं भनेका थियौं । यो अवस्थामा नयाँ प्रकारको राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने महसुस गरेका हौं । तर, चार दलीय सिन्डिकेटका शीर्षनेताहरुले यसतिर कुनै पनि ध्यान दिएनन् भन्ने कुरा जगजाहेर नै छ ।

mohan-baidhya-1

तपाईहरुले संयुक्त राष्ट्रसंघलाई पठाएको पत्रबारे के भइरहेको छ ?

– हामीले संयुक्त राष्ट्रसंघलाई पठाएको पत्रबारे पनि गम्भीरतापूर्वक ध्यान दिइएन । तर, यसलाई राष्ट्र संघले गम्भीरतापूर्वक लिनेछ भन्ने हामीलाई लागिराखेको छ । र, हामी अझै पनि आशावादी छौं ।

चार राजनीतिक दलका नेताहरु मंसिर ४ को चुनाव जसरी पनि सफल बनाउन अगाडि बढिसकेका छन् । चुनाव सफल भयो भने तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ?

प्रश्न निर्वाचन हुन्छ कि हुँदैन, निर्वाचन गर्न सफल हुन्छन् कि हुँदैनन् भन्ने मुख्य प्रश्न होइन । मुख्य प्रश्न के हो भनेदेखि हामीले प्रस्तुत गरेका राजनीतिक एजेन्डा र हाम्रा प्रस्तावलाई अस्वीकार गरेर जसरी उनीहरु गएका छन् र उनीहरुको रवैया कसरी अघि बढिरहेको छ भन्ने कुरा हो । नेपालमा जुन समस्याहरु छन्, राष्ट्रिय स्वाधीनताको रक्षाको जुन प्रश्न छ, जनताको संविधान निर्माण गर्ने प्रश्न छ, द्वन्द्व समाधान गर्ने प्रश्न छ र राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्नुपर्ने जुन प्रश्न छ, यी अहम् प्रश्नका बारेमा गम्भीर नभएको स्थितिमा यस्तो चुनाव चाहे होस्, चाहे नहोस्, यसबाट समस्याको समाधान हुँदैन ।

हामीले के देखेको छ भन्नुहुन्छ भने राष्ट्रियता, जनतन्त्र र जनजिविकाका प्रश्नहरुको समाधान यो तरिकाले हुनेवालै छैन । र, जनताको संविधान पनि बन्नेवालै छैन । यसप्रकारको स्थितिप्रति जिम्मेवार उनीहरु नै हुन् । त्यसैले चुनाव हुन्छ या हुँदैन भन्नेखालका कुराहरु हैन, जनताका समस्या समाधान हुन्छन् या हुँदैनन् भन्ने हो । यसबारेमा उनीहरु गम्भीर भएनन् । तर, यसबा निम्ति जनताले उनीहरुलाई माफी दिने छैनन् र उनीहरुका काला करतुतहरु उजागर गर्नेछन् भन्ने हामीलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?