Comments Add Comment

पाँच वर्ष सरकार चलाउन दिए मुलुकको मुहार फेर्छु : प्रचण्ड

१३ कात्तिक, दोलखा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई ५ वर्ष सरकार चलाउन दिए देशकै मुहार फेर्ने दाबी गर्नु भएको छ । २००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले देशको विकास हुन नसकेको बताउँदै स्पष्ट बहुमत दिएर एमाओवादीलाई ५ वर्ष सरकार चलाउने मौका दिन आग्रह गर्नुभयो ।

दोलखामा बुधवार दिउँसो भएको चुनावीसभालाई सम्वोधन गर्दै प्रचण्डले भन्नुभयो-‘तपाई दोलखावासीले एकपटक एमाओवादीका उम्मेद्वारलाई भोट हाल्नुस्, काम नगरे जे गर्ने पनि अधिकार तपाईकै छ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले देशभरि एमाओवादीको पक्षमा अत्यन्त उत्साहजनक तरिकाले जनलहर उर्लेको ठोकुवा गर्नुभयो । “म दोलखाबाट यो घोषणा गर्न चाहान्छु कि एमाओवादीको दुइतिहाई आउनेमा कुनै शंका छैन, घोषणा गर्न मात्र मंसिर ४ को निर्वाचनलाई पर्खेको हो” अध्यक्षले भन्नुभयो । अझै पनि संविधान बनाउन नचाहने तत्वहरु परिवर्तन र अग्रगामी शक्तिका विरुद्धमा विभिन्न तरिकाले लागिरहेका छन् भन्दै अध्यक्ष प्रचण्डले अब नेपाली जनता नै सचेत भइसकेकाले उनीहरुको षड्यन्त्र चकनाचुर हुने ठोकुवा गर्नुभयो ।

अहिले पनि नेपाली जनतालाई विभिन्न प्रलोभन देखाएर भोट माग्ने हिजोका सामन्तीहरु गाउँ पस्न लागेका छन् भन्दै उहाँले उधारो प्रलोभनमा कुनै पनि हालतमा नफस्न जनतालाई आग्रह गर्नु भयो । प्रचण्डले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्दा ल्याएका नीति, कार्यक्रम तथा बजेट एमाले काँग्रेसले लागू गर्न नदिएको बताउनु भयो ।

प्रचण्डलाई रोक्न बैद्य माओवादीले काभ्रे, सिन्धुपाल्चोक र दोलखा बन्द गराएको थियो । हेलिकोप्टरबाट गएका प्रचण्डलाई कार्यकर्ताले साङ्ले घेरा दिएका थिए । एमाओवादीका कार्यकर्ताहरु वैद्य पक्षको अवरोध पन्छाउँदै कार्यक्रमस्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment