१४ कात्तिक, काठमाडौं । बिहीबार पनि स्थानिय बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ५६ हजार ४ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ५६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, बिहीबार चाँदीको भाउ पनि तोलामा ४ रुपैयाँ घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा ६ रुपैयाँ घटेर ९ सय ४४ रुपैयाँमा कारोबार भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4