Comments Add Comment

राष्ट्रपतिका छोरा धनुषा ५ मा विजयी

९ मंसिर, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन यादव संविधानसभा निर्वाचनमा धनुषा ५ मा विजयी हुनु भएको छ । केहीबेर अघि सकिएको मतगणनामा यादवले एमालेका रघुवीर महासेठलाई पराजित गर्नु भएको हो । यादवले ११ हजार ७ सय ३ मत पाउनु भएको छ भने महासेठले १० हजार २३ मत पाउनु भएको छ ।

धनुषा ५ मा अघिल्लो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालिन महामन्त्री रामवरण यादव विजयी हुनु भएको थियो । यादव राष्ट्रपति भएपछि भएको उपनिर्वाचनमा राष्ट्रपतिका छोरालाई पराजित गर्दै एमालेका महासेठ विजयी हुनु भएको थियो ।

सप्तरी २ मा पनि गणना जारी

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि मत गणना जारी रहेको छ । विवाद उत्पन्न भएपछि पुनः निर्वाचन गराएर अहिले मतगण गरिँदै गरेको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा रहेको राष्ट्रिय निमावि बनरझोलामा मतदाता भन्दा केही बढी मतपत्र आएपछि उम्मेद्वारहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए । आपसी छलफल पछि पुन मतदान गराउने सहमति भएपछि शनिबार उक्त मतदान केन्द्रमा निर्वाचन भएको थियो । सो क्षेत्रको मतगणना अहिले राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक करिडोरमा जारी रहेको छ ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले १ सय ४ स्थानमा जितेको छ भने एमाले ९२ स्थानमा विजयी भएको छ । एमाओवादीले २५ स्थानमा आफ्नो जित दर्ता गराएको छ भने अन्य दलहरुले १७ स्थान जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment