Comments Add Comment

थाइल्यान्डको विरोध प्रदर्शन हिंसात्मक बन्दै

१७ मंसिर, बैंकक । थाइल्यान्डका विपक्षीहरुले विगतका हप्ताहरुदेखि जारी राखेको विरोध प्रदर्शन सोमबार हिंसात्मक बनेको छ । उनीहरुले यसअघिका तुलनामा आजको प्रदर्शनमा प्रहरी विरुद्ध नै जाइलागेको बताइएको छ।

जसका कारण राजधानी बैंककमा सोमबार बिहानैदेखि तनावपूर्ण अवस्था उत्पन्न भएको पनि समाचारमा उल्लेख छ । आइतबार पनि विपक्षी दलहरुले थाइल्यान्डको राजधानी बैंककमा रहेका सरकारी कार्यालयहरुमा विरोध गरेका थिए । हजारौँको सङ्ख्यामा रहेका उनीहरुले ती सरकारी कार्यालयमा घेराहाली सरकार विरोधी नाराबाजी गरेका थिए ।

सोमबार बिहान विपक्षी दलहरुको विरोध प्रदर्शन थप हिंसात्मक बन्दा त्यहाँ रहेका विद्यालय विश्वविद्यालयहरु पनि बन्द रहेका बंैककमा रहेका एएफपी समाचार समितिका प्रतिनिधिले जनाएका छन् । उनका अनुसार प्रदर्शनकारीहरुले प्रहरीमाथि नै जाइलाग्न थालेपछि प्रहरीले पनि बिहानैदेखि कयौँ स्थानमा टियर ग्यास हान्नुका साथै प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ ।

तर घाइते वा हताहतिको समाचार भने आएको छैन । तर विगतको तुलनामा आजको प्रदर्शन थप हिंसाउन्मुख बन्न पुगेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री यिङ्लक सिनावात्राका विरुद्धमा जारी सो आन्दोलनका क्रममा उनीहरुले आइतबार मात्र प्रधानमन्त्रीलाई चाँडै राजिनामा गर्न अल्टिमेटम दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment