Comments Add Comment

‘धनी मुलुकले गरीव मुलुकलाई व्यापारमा सहजीकरण गरिदिनुपर्छ’

१८ मंसिर, काठमाडौं । इण्डोनेशियाका राष्ट्रपति सुशिलो बांगबांग युधियोनोले सौविध्य मुलुकहरुले अति कम विकसित मुलुकहरुलाई व्यापार सहजीकरणको बाटो खोलिदिनुपर्ने बताउनुभएको छ । डब्लुटीओको वाणिज्यस्तरीय मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन सोमबार बालीमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

बांगबांगले दोहा सम्मेलनले उठाएका भन्सार तथा कोटारहित बजार पहुँच र सहुलियतपूर्ण उत्पतिको नियम सरलीकृत गर्ने प्रतिवद्धता समीक्षा गर्न आग्रह गनुभयो । अति कम विकसित मुलुकका प्रतिनिधिहरुले विकासशील देशहरुले निर्यातलाई सहयोग पुग्ने किसिमको सरल, सहज र सहुलियतपूर्ण सुविधाको माग गरेका थिए ।

WTO

१८ मंसिर, काठमाडौं । सम्मेलनसँगै विकसित, विकासशील र अति कम विकसित मुलुकहरुबीच आगामी रणनीति तय गर्न साईड लाइनमा औपचारिक, अनौपचारिक छलफल र बैठक भइरहेका छन् । नेपालले पनि यस्ता वैठकहरुमा आफ्नो सक्रिय उपस्थिति जनाइरहेको छ ।

नेपालबाट अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल यस खालका वैठकहरुमा व्यस्त छ । मन्त्री कोइराला नेतृत्वको टोलीमा वाणिज्य सचिव माधवप्रसाद रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव सूर्य सिलवाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रतिनिधि शंकर बैरागी, डब्लुटीओ हेर्ने सहसचिव तोयनारायण ज्ञवाली, भन्सार विभागका उपनिर्देशक दामोदर रेग्मीलगायत हुन्ाुहुन्छ ।

नेपाल सन् २००४ मा १४७ औं सदस्य राष्टको रुपमा डब्लुटीओमा प्रवेश गरेको थियो । अहिले डब्लुटीओको सदस्य संख्या १५९ पुगेको छ । सम्मेलन बाली घोषणापत्र जारी गर्दै मंसिर २१ मा सकिने छ ।

WTO-Meeting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment