निर्माता छविराज ओझाको दुबै हातमा लड्डु परेको तर्क धेरैले गर्न थालेका छन् । चलचित्र ‘लोफर’मा नायिका रजनी केसीलाई लिए लगतै उनले नयाँ चलचित्र ‘लज्जा’मा शिल्पा पोख्रेललाई हिरोइन बनाए । दुबै नायिकालाई चलचित्र क्षेत्रमा भित्राएर छविले विभिन्न खालका चर्चा पाइरहेका छन् ।यही क्रममा आइतबार छविले नायिका रजनी केसीको जन्मदिन ‘लज्जा’को छायांकन स्थलमै आयोजना गरे । शिल्पाको जन्मदिनका लागि विशेष केक मगाए र उनको हातबाट केक खाएर सन्तुष्ट देखिए । आफ्नो २२ औं जन्मदिन मनाउने क्रममा शिल्पाले छविलाई सबैभन्दा पहिला केक ख्वाएकी थिइन् । उनले आफ्नो लागि ‘लज्जा’ नै जन्मदिनको उपहार भएको बताइन् । चलचित्रका निर्देशक नबल नेपाल शिल्पाको हातबाट केक खाने दोश्रो व्यक्ति बने ।
छविले शिल्पाको जन्मदिन छायांकन स्थलमै मनाइरहदा नायिका रेखा थापाको याद धेरैले गरे । पछिल्ला समयमा त रेखा थापा र छवि ओझाले एक अर्काको जन्मदिनमा शुभकामना समेत दिन छोडेका थिए । छविको जन्मदिनमा रेखाले कुनै मतलब नगर्नु अनी रेखाको जन्मदिनमा छविले खासै वास्ता नगर्नु नौलो कुरा थिएन ।
पूर्व पत्नी समेत रहेकी नायिका रेखा थापाको जन्मदिनमा खासै ईच्छा नदेखाएका छवि ओझा नव नायिकाको जन्मदिन मनाउन पनि कस्सिएर लागे । छविराज प्रोडक्शनको ब्यानरबाट डेब्यू गर्न लागेकी शिल्पाको ‘लज्जा’ सफल होस्, हाम्रो शुभकामना ।
प्रतिक्रिया 4