Comments Add Comment

फारुख सेखको निधनले स्तब्ध बलिउड

आज बिहान ८ बजे बलिउडका चर्चित अभिनेता फारुख सेखको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । दुबइको एक अस्पतालमा उपचार गराइरहेका फारुखले आज बिहान यो संसार छोडेका हुन् । फारुखको निधनले सिंगो बलिउड नै स्तब्ध भएको छ ।farooq-sheikh-deathबलिउडका नायक अमिताभ बच्चनले फारुखको निधनले स्तब्ध बनाएको जनाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । हालै मात्र फारुख अभिनित चलचित्रहरु ‘ए जवानी हे दिवानी’ र ‘संघाई’ प्रदर्शनमा आएको थियो । उनी हाल ‘क्बल ६०’ नामक सिनेमामा व्यस्त थिए ।

सन् १९४८ मार्च २५ मा जन्मिएका फारुखले सन् १९७३ मा चलचित्र गरम हवाबाट अभिनय यात्रा सुरु गरेका थिए । यसपश्चात उनले शतरंज के खिलाडी, नूरी, चश्मे बदुर, किसी से न कहना मा काम गरेका थिए । सन् १९९० बाट उनले सिनेमा भन्दा बढि टेलिभिजनमा काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment