Comments Add Comment

दीपकलाई केकी मन नपर्ने, दीपा र नीता सबैभन्दा सेक्सी

dipa-dipak-and-niita

चलचित्रको प्रतिस्पर्धाले केही हप्ता नायिका केकी अधिकारी हास्य कलाकार एवं निर्माता दीपकराज गिरीको नजरमा मन नपर्ने पात्रको रुपमा चित्रित हुने छिन् । एक कार्यक्रममा रमाइलो कुरा गर्दै दीपकले “बितेका पल” हिरोइन केकी माघको मध्य महिनासम्म आफूलाई मन नपर्ने हिरोइनको रुपमा रहने बताएका हुन् ।

केकीको “बितेका पल” सँग दीपकले निर्माण गरेको चलचित्र ‘छ एकान छ’ शुक्रबारबाट एकसाथ प्रदर्शनमा आउँदैछ । यस कारणले पनि दीपक आफ्नो चलचित्रको कलाकार र बिषयवस्तुभन्दा बाहिर जानै चाहँदैनन् । दीपकले चलचित्रको प्रतिस्पर्धाले केकी आफ्नो लागि केही हप्ता मन नपर्ने नायिकाको सूचिमा रहने बताए ।

यता आफ्नै चलचित्रकी नायिका नीता ढुंगाना र निर्मात्री दीपाश्री निरौला उनका लागि सबैभन्दा सेक्सी महिलाको सूचिमा छन् । दीपकले यतिबेला आफूलाई दीपा र नीताजस्तो सेक्सी अरु कोही नलागेको खुलाएका हुन् । काठमाण्डौमा मंगलबार बेलुकी पत्रकारहरुसँग दीपकले ‘छ एकान छ’ ले राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए । निर्माताको रुपमा दीपा र निर्मल शर्माको पनि व्यस्तता निकै देखिएको थियो ।dipashreeeयो चलचित्रको प्रचार टिम संरचना अन्यभन्दा फरक देखिएको छ । अधिकांश चलचित्रमा निर्माताभन्दा निर्देशक र अभिनय गर्ने कलाकारहरु संचारमाध्यमको चर्चामा देखिन्छन् । तर यसमा भने कलाकारभन्दा निर्माताको रुपमा प्रचार गर्नेहरु बढी छन् । निर्देशक दिनेश डीसी र नायिका नीता ढुंगाना चलचित्रको प्रचारमा कमै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment