Comments Add Comment

राणा र चन्द मेलमिलापतिर

७ असार, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले असन्तुष्ट नेता लोकेन्द्रबहादुर चन्द र उनी पक्षका नेतासँग मेलमिलापको प्रस्ताव गरेका छन् । मेलमिलापका लागि दुवै पक्षले वातौटोली समेत गठन गरेको छ ।

वार्ता टोलीमा राणापक्षबाट हेमजङ गुरुङ र रोशन कार्की छन् भने चन्द पक्षबाट दुर्गा श्रेष्ठ र महेश्वर रोक्का छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

वार्ता टोलीबीच एकचरण भएको छलफलमा एक अर्कालाई सार्वजनिक रुपमा गाली गलौज नगर्ने सहमति भएको छ । ‘चन्दसँग मेलमिलाप गर्न हामीले प्रस्ताव गरेका छौं, त्यसका लागि हामी हदैसम्मको लचिलो हुन तयार छौं, अध्यक्ष राणाले भने,’मेलमिलाप गर्न म आफै चन्दजीसँग वार्ता गर्न तयार छु । ‘

स्रोतका अनुसार अध्यक्षमा बाहेक विशेष महाधिवेशनसहितका अन्य सबै प्रस्ताव मान्ने सोच राणा पक्षीय नेताहरुले बनाएका छन् ।’उहाँहरुले विशेष महाधिवेशन चाहनुभएको हो भने पनि यस विषयलाई पार्टीको वैठकमा प्रवेश गराउनुपर्‍यो । त्यसपछि छलफल गर्न तयार छौँ, संस्थापनपक्षीय नेता सुनिल थापाले भने,’तर उहाँहरुले कुनै विधि प्रयोग नगरेर पार्टी कब्जा गर्न खोज्नु भयो ।’

मेलमिलाप गर्न चन्दपक्षीय नेता तयार भएपनि अध्यक्ष छाड्ने कुरामा भने उनीहरु तयार छैनन् । अध्यक्षको दाबी गर्दै उनीहरु अदालत जाने भएका छन् ।’हामी अदालतसम्म जान्छौँ । त्यसअघि निर्वाचन आयोग जान्छौँ । आयोगले पनि न्याय गरेन भने अदालत जान्छौँ, चन्दपक्षीय नेता महेश्वर रोक्काले भने ।’ आफूलाई अध्यक्ष हस्तान्तरण नगरिएको भन्दै नेता चन्दले पार्टी कार्यालय कब्जा गर्दै आफैँलाई अध्यक्ष घोषणा गरेका थिए ।

आफ्नो पक्षमा ४० प्रतिशत पुग्न सक्ने स्थिति नभएपछि नेता चन्दले असार २ मा बोलाएको बैठक स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment