Comments Add Comment

सिँचाइ उपआयोजनाको अनुगमन

९ असार, रोल्पा । नेपाल सरकार र एडिबीको संयुक्त आर्थिक सहयोगमा जिल्ल्ाामा सञ्चालित सामुदायिक सिँचाइ योजनाहरूको अनुगमन थालिएको छ ।

agree-2जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयले विभिन्न सीमान्तकृत र आर्थिक विपन्नतामा रहेका समुदायका लागि १६ स्थानका निर्माण कार्य थालेको निर्माणाधीन उपआयोजनाहरूको अनुगमन थालेको हो । जसअन्तर्गत शनिबार मिझिङ र वडाचौरमा रहेका उपआयोजनाहरूको अनुगमन गरिएको होे ।

स्थानीय विकास अधिकारी हीरालाल रेग्मी, जिल्लास्थित राजनीतिक दलका प्रमुख, जिल्ला प्राविधिक कार्यालयका प्रमुखलगायतका टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा स्थानीय विकास अधिकारी रेग्मीले उक्त उत्पादनमूलक आयोजनामा सक्रियताका साथ लाग्न्ा र नियमित मर्मतसम्हारमा ध्यान दिन सुझाव दिए ।

उपआयोजनाहरू यही असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भएकाले बाँकी काम यही असार २५ सम्ममा जसरी पनि गरिसक्न उनले स्थानीयलाई आग्रह गरे ।

परम्परागत रूपमा उत्पादित खाद्य तथा नगदेबालीको १५ प्रतिशत उत्पादन बढाउने, उत्पादनमूलक जमिन हुँदाहुँदै पनि सिँचाइको अभावमा उत्पादन नभएका बाँझो जमिनमा उत्पादन बढाउन र गरिबी घटाउने उद्देश्यले जिल्लाको मिझिङ खाराखोला, दोमाइ, रौबाङ सिँचाइ उपआयोजना र वडाचौरमा किलाचौर दोमइलगायत जिल्ल्ााका अन्य इलाकाको उपआयोजनामा पक्की सिँचाइ कुलोको निर्माण कार्य थालिएको हो ।

दुईवटा उपआयोजनाबाट मिझिङका ६४ घरधुरी र वडाचौरका ८३ घरधुरी लाभान्वित हुने जिल्ल्ाा प्राविधिक कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment