Comments Add Comment

जापानको हानेदा एयरपोर्टमा कतार एयरवेजको उडान सुरु

Quater-airways-2

९ असार, काठमाडौं । कतार एयरवेजले जापानको टोक्योस्थित हानेदा इन्टरनेशनल एयरपोर्टमा उडान सुरु गरेको छ । कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर जहाज जुन १८ तारिखमा पहिलो पटक उक्त एयरपोर्टमा अवतरण गरेको थियो ।

जापानमा कतार एयरवेजको यो तेस्रो गन्तव्य हो भने विश्वको १४३औं गन्तव्य हो । सन् २००५ देखि जापानमा उडान सुरु गरेको कतार एयरवेजले सन् २०१० मा टोक्यो नरिता इन्टरनेशनल एयरपोर्टमा दोस्रो उडान सुरु गरेको थियो ।

कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बाकरले कतार एयरवेजको समग्र विकास योजनाअनुसार जापानमा नयाँ उडान सुरु गरेको बताए । ‘कतार एयरवेजको टोक्योजस्तो गतिशिल शहरमा सेवा विस्तार गर्न पाउँदा खुशी छौं, हाम्रो उडानले बिजनेश वा छुट्टी मनाउन यात्रा गर्ने जापानीजहरुलाई सेवा पुर्‍याउने छ’ बाकरले भने ।

सांस्कृतिक रुपमा धनी र सुन्दर देश जापानमा सन् २००५ देखि उडान थालेपछि दुई देशबीचको सम्बन्ध पनि बलियो हुँदै गएको कतार एयरवेजकाे भनार्इ छ ।

कतार एयरवेजले नारिता इन्टरनेशनल एयरपोर्टमा दैनिक उडान भर्दै आएको छ । नयाँ गन्तव्यमा पनि दैनिक उडान भर्ने एयरवेजले जनाएको छ । यहाँ बोइङ ७८७ ड्रिमलाइनर जहाजबाट २२ बिजनेश क्लास सिट र २३२ इकोनोमी क्लासको सिटसहित उडान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment