+
+
Shares

इराकी सैनिकलाई सघाउन अमेरिकी सेना गयो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ११ गते १२:१२

१० असार, काठमाडौं । सुन्नी विद्रोहीसँग लडिरहेको इराकी सेनालाई सहयोग गर्न अमेरिकी सेेनाको टोली इराक पुगेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार यो टोलीले आफ्नो काम थालिसकेको छ । अमेरिकी सेनाको टोलीले सुन्नी विद्रोहीसँग लडिरहेका सेना भएको स्थानमा पुगेर स्थितिको समिक्षा गर्नेछ । अमेरिकी दलमा ४० सदस्य छन् ।

९० सदस्यीय अमेरिकी अर्को टोलीले बग्दादमा न्यू ज्वाइन्ट कमाण्ड सेन्टरको निर्माणमा सहयोग गर्नेछ । केही दिनमा ५०-५० सैनिकको चार टोली इराक पुग्नेछ ।

सैनिकहरु कारबाहीमा संलग्न हुने उद्देश्यले इराक नभएको अमेरिकी सरकारले बताएको छ । यो टोलीले इराकी सेनालाई सैन्य सल्लाह र खुफियासम्वन्धी सेवा दिनेछ ।

इराक सरकारले अमेरिकालाई विद्रोहीमाथि आक्रमण गर्न आग्रह गरेको थियो । तर, राष्ट्रपति ओवामाले ३०० सैन्य सल्लाहकार पठाउने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?