Comments Add Comment

आर्थिक विकासका लागि साहसिक निर्णय गरिँदैछ : अर्थमन्त्री

Ramsaran-Mahat

११ असार विराटनगर । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासका लागि सरकार साहसिक निर्णय गरेर अघि बढ्ने बताए । बुधबार मोरङ व्यापार संघको ६० औं वाषिर्क साधारण सभाको उद्घाटनका अवसरमा विश्व परिवर्तनलाई आत्मसात् गरी समय सुहाउँदो नीति लिन आवश्यक भएको भन्दै डा. महतले भने- ‘२१ औं शताब्दीको युगमा १९औं शताब्दीको सोच राखेर अघि बढ्न सकिदैन ।’

राजनीतिक दलहरु मात्र होइन, निजी क्षेत्रले पनि समय अनुसारको सोच राखेर अगाडि बढ्नु पर्ने बेला आएको उनले बताए । उच्च आर्थिक बृद्धि हासिल नगरी जनताका माग र चाहनाहरुलाई  सम्बोधन गर्न नसकिने भएकाले सरकारले उच्च आर्थिक बृद्धि हासिलको लक्ष्य पूरा गर्न आगामी बजेटमा साहसिक निर्णय लिने बताए । ‘यो पनि हुँदैन त्यो पनि हुँदैन भनेर अव समय बिताउनु हुँदैन । बन्द दिमाग र पुरानो सोचले मुलुक अगाडि बढ्न सक्दैन । यो साहसिक निर्णय लिएर अगाडि बढ्ने समय हो’ उनले भने ।

बीपी कोइरालाले उत्पादन बृद्धिलाई जोड दिएको अर्थमन्त्री महतले चर्चा गरे । माक्र्सले पनि उत्पादन बृद्धि गरेर समाजबादमार्फत नै साम्यवादमा जान सकिने कुरा गरेको स्मरण उनले स्मरण गरे । ‘यो समय पुँजी निर्माणको हो’ उनले भने -कृषि, पर्यटन, सिंचाई, सडक, विमानस्थल जस्ता पूर्वाधारका क्षेत्रमा व्यापक लगानी बढाएर उच्च आर्थिक बृद्धि हासिल गरिनेछ । आगामी बजेटको प्राथमिकताका क्षेत्र यिनै हुन ।’

निजी क्षेत्रको विकास विना आर्थिक विकासले गति लिन नसक्ने महतले बताए । ‘निजीक्षेत्रको लगानी बढाउन दुई दशकअघि शुरु गरेको आर्थिक उदारिकरणको नीतिलाई अद्यावधिक गरी थप सुधार गरिनेछ’ उनले भने -बिद्युत ऐन, लगानी ऐन, बैंक तथा बित्तीय संस्था ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सेज ऐन लगायत दर्जनौं ऐनमा सुधार गरी निजीक्षेत्रलाई काम गर्न सक्ने वातावरण निर्माण गरिनेछ । तपाईहरु निर्धक्क भएर लगानी गर्नुहोस । दुई तिहाई बहुमतको सरकार छ र आवश्यक परेको बखत जस्तोसुकै निर्णय लिन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment