Comments Add Comment

अनलाइन सपिङलाई यसरी सुरक्षित राखौँ

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै किनमेल संस्कृतिमा पनि परिवर्तन आइरहेको छ । अब मान्छे आफै बजार गएर सामान किन्ने झण्झट बेहोर्नु पर्दैन घरमै बसेर अनलाइनबाट सपिङ गर्न सकिन्छ । अनलाइन सपिङले मानिसको समयको बचत सँगै गुणस्तरीय सामान प्राप्तिमा समेत सहयोग पूराउँछ । यद्यपि सुविधा सँगै अनलाइन सपिङमा जोखिम पनि छन् । अनलाइन सपिङमा विभिन्न खाले ठगी हुने, क्रेडिट कार्ड नम्बर चोरी हुने, अकाउण्ट ह्याक हुने लगायतका जोखिम रहन्छन् । अनलाइन सपिङलाई सुरक्षित बनाउन निम्त उपाय उपयोगी हुन सक्छन् :

१. काम सकिएपछि वाइफाइ बन्द गर्नुपर्छ । धेरैको बानी काम सकिएपछि पनि वाइफाइको राउटर बन्द नगर्ने बानी हुन्छ । यसो गर्दा वाइफाइ नेटवर्क अरुले समेत प्रयोग गर्ने र त्यसको गलत उपयोग गर्ने जोखिम रहन्छ । ह्याकरले वाइफाइ मार्फत तपाइँको कम्प्युटर सम्म पहुँच पूराउने र विभिन्न खाले गोप्य पासवर्ड तथा गोप्य बैंकिङ कागजातको सूचना चोरी गर्ने खतरा हुन्छ । तपाइँ सामान्य मान्छे हुनुहोस् वा विशिष्ठ तर काम सकिएपछि इन्टरनेट बनद गर्न नबिर्सनुहोस् ।

Woman shopping online   Original Filename: 72883564.jpg Gettyimages

२. अनावश्यक लिंकहरुमा क्लिक नगर्नुहोस् । तपाइँको इमेलमा वेब ठेगाना सहितका विभिन्न खाले इमेल सन्देश आएका हुनसक्छन् । ती लिंकहरुमा क्लिक गर्ने हो भने विभिन्न वेबसाइट खुल्दछन् । केही साइबर अपराधी तथा ठगहरुले बैंक तथा अनलाइन सपिङ साइट भनि नक्कली वेबसाइट बनाएर तिनका लिंक इमेलमा पठाएका हुन सक्छन् । त्यस्ता वेबसाइटलाई सक्कली अनलाइन सपिङ साइट मानेर सामानि खरीदका लागि पैसा तिर्दा ठगिने जोखिम हुन्छ । यस्ता वेबसाइटमा आफ्नो लगइन डिटेल तथा पासवर्ड राख्दा तपाइँको पासवर्ड अपराधीको हातमा पुग्नसक्छ । जसबाट अरु कुनैले तपाइँको नामबाट सामान किन्न, तपाइँको नामबाट पैसा ट्रान्सफर गर्न सक्छ । त्यसैले जे पायो त्यहीँ वेबसाइटमा नभै अनलाइन सपिङ तथा बंकका आधिकारिक वेबसाइटबाट मार्फत कारोबार गर्ने गर्नुहोस् ।

३. अनलाइन सपिङ तथा बैंकिङका लागि इन्टरनेट खोलेको बेला आउने अनधिकृत विज्ञापन तथा सूचनाहरुलाई बेवास्ता गर्नुहोस् ।

४. ल्यापटप तथा डेक्सटप कम्पइुटर प्रयोग गरेर भन्दा ट्याबलेट प्रयोग गरेर गरिने अनलाइन सपिङ बढि सुरक्षित हुन्छ । कुनै बैंक वा अनलाइन सपिङ साइटले भर्खरै आफ्नो एप ल्याएको छ भने त्यस्तो नयाँ एप प्रयोग गर्नुको साटो ब्र्राउजरबाटै बैंक वा सपिङ साइटको वेबसाइट खोल्नु राम्रो हुन्छ । त्यस्ता नयाँ एपमा भाइरस संक्रमण तथा ह्याकिङको डर बढि हुन्छ । ट्याबलेटमा ह्याकरले भाइरस आक्रमण गराउने तथा डाटा चोरी गर्ने जोखिम कम्प्युटरमा भन्दा निकै कम हुन्छ । ट्याबलेटलाई अझै सुरक्षित बनाउने पासकोड सेट गर्न सकिन्छ । त्यसका साथै लोकेसनमा आधारित सर्च एप सेट गर्न सक्नुहुन्छ जसले यदि तपाइँको ट्याबलेट हरायो भने खो जिगर्न सहयोग गर्छ ।

५. तपाइँले अनलाइन मार्फत सपिङ गर्दै हुनुहुन्छ वा अन्य कारोबार गर्दै हुनुहुन्छ र तपाइँले प्रयोग गरेको वेबसाइटमा उच्च सुरक्षाका विधि अपनाइएको छैन भने ह्याक हुने जोखिम उच्च रहन्छ । इन्टरनेट बैंकिङको सुविधा उपलब्ध गराउने बैंकहरुले बहु तह सुरक्षा प्रणाली अपनाएका हुन्छन् तर धेरै अनलाइन सपिङ साइटले भने यस्तो सुरक्षा प्रबन्ध गरेका हुँदैनन् । त्यसैले सुरक्षित तथा चर्चित सपिङ साइटबाट मात्र कारोबार गर्नुहोस् । आफ्नो वाइफाइ पासवर्डलाई बढि सुरक्षित बनाउन विभिन्न सुरक्षाका विधिहरु उपयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment