News Summary
Generated by OK AI. Editorially reviewed.- माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको पहलो त्रैमासिकमा खुद नाफा १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
- नाफा घट्नुको मुख्य कारण इम्पेरिमेन्ट चार्ज बढ्नु हो, जुन पहिले ४ करोड 'रिभर्सल' थियो र अहिले ४६ करोड रुपैयाँ छुट्याइएको छ।
- बैंकको निष्क्रिय कर्जा कुल कर्जामा ४.१३ प्रतिशत पुगेको छ, जुन पहिले ३.१५ प्रतिशत थियो र खुद ब्याज आम्दानी १.६ प्रतिशत घटेको छ।
२१ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५० करोड ३२ लाख रुपैयाँ थियो ।
नाफा घट्नुको मुख्यः कारण लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्नु हो । पहिले इम्पेरिमेन्ट चार्ज ४ करोड ‘रिभर्सल’ गरेकोमा अहिले ४६ करोड रुपैयाँ छुट्याइएको छ । जसले गर्दा खुद नाफामा असर परेको हो ।
बैंकको खुद ब्याज आम्दानी १.६ प्रतिशत घटेको छ । यस्तो आम्दानी पहिले १ अर्ब ४८ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४५ करोड रुपैयाँ छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १३.८३ रुपैयाँ छ ।
पहिले यस्तो आम्दानी १६.६६ रुपैयाँ थियो । प्रतिसेयर नेटपर्थ १५४.६० रुपैयाँ छ । निष्क्रिय कर्जा बढेको छ । कुल कर्जामा यस्तो कर्जा पहिले ३.१५ प्रतिशत रहेकोमा अहिले ४.१३ छ ।
बैंकको वितरणयोग्य नाफा ११ करोड ४२ लाख रुपैयाँ (प्रतिसेयर ३.७८ रुपैयाँ) ऋणात्मक छ । बजार मूल्य प्रतिकित्ता २१५ रुपैयाँ छ । बैंकको आधार दर एक वर्षको अवधिमा ७.६१ बाट घटेर ५.८१ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया 4