Comments Add Comment

नयाँ प्रस्ताव ल्याएर उद्यमी बन्न आग्रह

१२ असार काठमाडौँ । आर्थिक सम्वृद्धिसम्बन्धी सिर्जनात्मक व्यापार प्रस्ताव सङ्कलन गर्ने उद्देश्यले देशव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम अगाडि बढाउन लागिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल कोष -युनिसेफ) र चाइल्डरिच नेपालद्धारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको व्यवस्थापन संकाय, निजी क्षेत्र र सञ्चारकर्मीहरुको सहकार्यमा सामाजिकरुपमा जवाफदेही व्यवसाय अगुवाहरुलाई आफ्नो पूर्ण व्यवसाय प्रस्ताव प्रस्तुत गर्न आहृवान गरिएको हो ।

युनिसेफ नेपालकी राष्ट्रिय दूत तथा गायिका आनी छोइङ डोल्मा, नेपाल क्रिकेट टिमका कप्तान पारस खड्का,प्रख्यात कलाकार एवम् सामाजिक अभियन्ताद्वय मदककृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र अन्तर्राष्ट्रियस्तरका नेपाली तेकान्दो खेलाडी दीपक विष्टले गर्नुभएको चेतनामूलक सन्देशसहित देशभरका नेपाली नागरिकलाई उनीहरुको नवीन प्रस्ताव ‘आइडिया स्टुडियो’मा ल्याउन अनुरोध गरिएको छ ।

नयाँ प्रस्ताव आगामी साउन १५ गतेभित्र ललितपुरस्थित काठमाडौँ विश्वविद्यालयको व्यवस्थापन संकायको आइडिया स्टुडियोमा बुझाउनुपर्ने छ । कुनै पनि सामाजिक समस्या समाधानका लागि सिर्जनात्मक प्रस्ताव भएका नेपाली नागरिक यस प्रतियोगितामा सहभागी हुन सक्ने काठमाडौँ विश्वविद्यालयको व्यवस्थापन संकायका सह-प्राध्यापक रुपेश कृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा युनिसेफ नेपालकी प्रतिनिधि हाना सिङ्गरले आर्थिक विकासका लागि नेपालीलाई कुनै पनि देशमा धाउन नपर्ने उल्लेख गर्दै नेपालीको आफ्नो सीप र नवीनतम ज्ञानलाई उद्योगमा परिणत गर्न सकिने बताए । प्राप्त नयाँ प्रस्तावलाई राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गरिनेछ भने उत्कृष्ठ प्रस्ताव लगानीका लागि अघि बढाइनेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment