Comments Add Comment

पाँचथरका २८ प्रतिशत कृषक आत्मनिर्भर

१३ असार, पाँचथर । पाँचथरका मध्ये २८ प्रतिशत कृषकलेमात्रै कृषिबाट वर्ष दिनसम्म खान पुग्नेगरी अन्न फलाउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

तथ्यांक विभागले ०६८ सालमा गरेको छैंठौं राष्ट्रिय कृषि गणनाले यस्ता देखाएको हो । तथ्याङक अनुसार बाँकी ७२ प्रतिशत कृषक परिवार अन्य आम्दानीबाट परिवारको गुजारा चलाउन वाध्य छन् ।

शाखा तथ्याङ्क कार्यालय पाँचथरले कृषि गणना सार्वजानीक गर्न विहिवार फिदिममा गरेको कार्यक्रममा खाद्यान्न, नगदेवाली, कन्दमुल, फलफूल र तरकारी बालीको खेति हुने गरेपनि कृषिकर्ममै निर्भर कृषकको संख्या न्युन पाइएको हो ।

जिल्लामा ८८ दशमलव ९९ प्रतिशत कृषक छन् । कुल ३६ हजार ६ सय ६४ परिवारले १७ हजार १ सय ६४ दशमलव ९ हेक्टर क्षेत्रमा खेती गर्ने गरेको तथ्याङकमा उल्लेख छ ।

जिल्लामा ५ हजार ५ सय ९० दशमलव ८ हेक्टर क्षेत्रफलमा धानखेति हुने गरेको छ । सबैभन्दा बढी मकै खेति हुने गरेको उल्लेख छ । जिल्लामा मकै खेतिमात्रै १२ हजार २ सय ९७ दशमलव ३ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । त्यस्तै कम उत्पादन हुनेमा दाल, तेलहन, कन्दमुल लगायतका वालस् देखाईएको छ । जिल्लामा चौपाय र पंक्षी उत्पादबाट पनि आम्दानी हुने गरेको छ ।

उता नगदेबाली तर्फ जिल्लामा २ हजार ३ सय ५० दशमलव ३ हेक्टर क्षेत्रमा अलैची खेति हुने गरेको देखाईएको छ । अलैचीको राम्रो उत्पादनले पनि मुख्य बाली धान उत्पादनमा गिरावट आएको अनुमान छ ।

कृषि कर्मवाट मात्रै खान नपुग्ने परिवारले रेमिटान्स र नयाँ तरिकाका खेतीबालिहरुका कारण धन, गहुँ, मकै लगायतका उत्पादनमा अघिल्ला बर्षहरु भन्दा गिरावट आएको करिष्ठ कृषि बिकास अधिकृत राहिणिराज घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment