Comments Add Comment

निर्वाचित सरकारसँगै बढ्यो ‘विजनेस कन्फिडेन्स’

१३ असार काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचन पछि गठन भएको सरकारसँगै व्यावसायिक वातावरणमा उल्लेख्य सुधार आएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजानिक गरेको ‘इन्भेष्टमेन्ट एण्ड विजनेस सेन्टिमेन्ट सर्भे’ मा निर्वाचित सरकारसँगै विजनेस कन्फिडेन्स बलियो भएको उल्लेख छ ।

MOF Nepalएक अंकलाई पूर्ण अंक मानेर गरिएको सर्वेक्षणमा हाल नेपालको विजनेस कन्फिडेनसको अंक ०.५१  ऋर्थात ५१ प्रतिशत रहेको छ । यो पछिल्लो दशकको सबैभन्दा उच्च हो ।

सन् २०१२ मा नेपाल उद्योग वाणिज्य महासंघले गरेको सर्वेक्षणमा नेपालको विजनेस कन्फिडेन्स ३९.५ प्रतिशत र महासंघले नै २०१३ मा गरेको सर्वेक्षणमा ४९.५ प्रतिशत थियो ।

‘४९ प्रतिशत भएको भए विजनेस कन्फिडेन्स कमजोर छ भन्नुर्पथ्यो’ अनुसन्धानकर्ता डा. बाशुदेव  शर्माले भने- ५१ प्रतिशत हुनु भनेको विजनेस कन्पिmडेन्स बलियो हुनु हो । सरोकारवालाहरुसँग कुराकानी गरी तयार गरिएको सर्वेक्षणले लगानीको वातावरण बन्दै गरेको प्रमाण फेला पारेको शर्माले बताए ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष मुलुकका समग्र आर्थिक सुचकांकहरुमा पनि सुधार आएको छ । विजनेस कन्फिडेन्स बढेकै कारण अर्थतन्त्रका सूचकहरुमा सुधार आएको उनको भनाई थियो ।

सबैभन्दा बढी कन्पिmडेन्स पूर्वाधार क्षेत्रमा रहेको सर्भेक्षणले देखाएको छ । पूर्वाधार क्षेत्रमा ६० प्रतिशत विजनेस कन्पिmडेन्स छ । त्यसैगरी सूचना प्रविधि रक्षेत्रमा ५९ प्रतिशत र वित्तीय क्षेत्र तथा पुँजी बजारमा ५८ प्रतिशत विजनेस कन्पिmडेन्स छ । त्यसैगरी  हस्तकलामा ४९, होटल तथा रेष्टुराँमा ५१, कृषिमा ५२, वैदेशिक रोजगारमा ५२, होलसेलमा ४६, जुट र स्टील उद्योगमा ४४ र रियलस्टेट क्षेत्रमा ४२ प्रतिशत विजनेस कन्फिडेन्स छ । ‘सन् २०१५ पछि मात्रै रियलस्टेटको बजार विस्तार हुने स्वयं लगानीकर्ताहरुले बताएका छन्’ डा. शर्माले भने -हाम्रो सर्वेक्षणमा सबैभन्दा सूचना प्रविधि र सबैभन्दा कम रियलस्टेट क्षेत्रमा विजनेस कन्फिडेन्स भएको पायौं ।

सर्वेक्षणले रोजगार वृद्धि र लगानीको लागतमा भने  कमजोर कन्फडेन्स भएको देखाएको छ । त्यसैगरी सर्वेक्षण्मा सहभागि ५५ प्रतिशतले निर्यात बढ्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment