Comments Add Comment

स्वरेजले भने-मैले चेलिनीलाई टोकेको छैन

उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेजले आफूले इटलीका डिफेन्डर जर्जियो चेलिनीलाई नटोकेको दावी गरेका छन् । फिफाको अनुशासन समितिले भने स्वरेजलाई ९ अन्तराष्ट्रिय खेलसहित चारमहिनासम्म फुटबलको कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ ।

Suarezस्वरेजले फिफालाई पत्र पठाएर आफूले टोकेको भनेर कसरी निर्णय गरियो भनि प्रश्न गरेका छन् ।

उनले लेखेका छन्-‘मैले व्यालेन्स गुमाए र म मेरोप्रतिद्वन्द्वीमाथि लडे । त्यसबेला मेले आफ्नो अनुहारले हानेँ । जसले मेरो गाला र दातमा चोट पुर्‍यो ।’

स्वरेजले आफ्ना समर्थकहरुलाई ट्वीटरमार्फत धन्यवाद समेत दिएका छन् । फिफाको कारबाहीपछि उरुग्वे फर्किएका उनको भब्य स्वागत भएको थियो ।

फिफाले रुवरेजमाथिको प्रतिवन्धविरुद्ध अपील गर्न उरुग्वे फुटबल एशोसिएसनलाई थप सात दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment