Comments Add Comment

उर्जामा ४ गुनाले बढ्यो विदेशी लगानीको प्रतिवद्धता

१५ असार, काठमाडौं । नेपालको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण हृवात्तै बढेको छ । चालु आर्थिक वर्षको दश महिनामा उर्जा क्षेत्रमा ११ अर्ब १८ करोड ६६ लाख रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्षको यसै अवधिमा उर्जा क्षेत्रमा २ अर्ब ६५ करोड ५२ लाख रुपैयाँमात्र लगानी प्रस्ताव आएको थियो ।

Hydropowerयस वर्ष नेपालका विभिन्न क्षेत्रमा १८ अर्ब ५९ करोड ९७ लाख रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएकोमा ११ अर्ब रुपैयाँ उर्जा क्षेत्रमा मात्र रहेको छ । गत वर्षको दश महिनामा सबैभन्दा बढी सेवा क्षेत्रमा लगानी प्रस्ताव आएको थियो । त्यतिबेला १८ अर्ब ४२ करोड ८२ लाख रुपैयाँ कुल विदेशी लगानी प्रस्ताव आएकोमा सेवा क्षेत्रमा ७ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

दश महिनाको अवधिमा सेवा क्षेत्रमा ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । त्यसैगरि निर्माण क्षेत्रमा १ अर्ब ४६ लाख ४९ हजार रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ भने सबैभन्दा कम खनिजजन्य क्षेत्रमा २६ करोड १४ लाख रुपैयाँमात्र लगानी प्रस्ताव आएको छ ।

मुलुकको पोटेन्सियल क्षेत्र मानिने पर्यटनमा यस वर्ष लगानीकर्ताको अकर्षण निकै कम देखिएको छ । अघिल्लो वर्षको दश महिनामा पर्यटन क्षेत्रमा ३ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ लगानी प्रस्ताव आएकोमा यस वर्षको सोही अवधिमा घटेर जम्मा ९४ करोड ८१ लाख रुपैयाँमात्र प्रस्ताव आएको छ ।

कृषिमा यस वर्ष लगानी प्रतिवद्धता सामान्य बढेपनि उत्साहजनक रहेको छैन् । चालु आवको दश महिनामा कृषि तथा वन क्षेत्रमा ८२ करोड ८८ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ । अघिल्लो वर्षको यसै अवधिमा कृषि तथा वन क्षेत्रमा ६० करोड ८६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment