Comments Add Comment

सोसल मिडियामा पुरूषको ध्यान प्रेम र ब्यापारमा, महिलाको ध्यान खेलमा

social-media1स्मार्टफोन र सामाजिक संजालका प्रयोगकर्ताको संख्या बढेसँगै यसको प्रयोगको शैली, उद्धेश्य र प्रयोगकर्ताको विविधता पनि रोचक खालेको छ । विज्ञहरुले स्मार्टफोन र सोसल साइट प्रयोगकर्ताहरुका विविध पक्षका रोचक प्रसँग उझिल्याउने प्रयासमा समय समयमा विभिन्न खाले अध्ययन सर्भेक्षण गर्ने गरेका हुन्छन् ।

हालै भएको एक सर्भेक्षणमा महिला तथा पुरुषले सामाजिक संजाल र स्मार्टफोन के-कसरी प्रयोग गर्छन् र यी सूचना प्रविधिका साधन प्रयोग गर्दा उनीहरुको प्राथमिकताको विषयमा के रहने गर्छ ? भन्ने विषयमा केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् ।

सर्भेक्षणले महिला र पुरुषले सोसल मिडिया र स्मार्टफोन प्रयोग गर्ने शैली र कार्य धेरै हदसम्म फरक रहेकेा देखाएको छ ।

अमेरिकाको अनुसन्धान संस्था प्यू रिसर्च सेन्टर तथा नायल्सेन लगायतले गरेका विविध अनुसन्धानलाई एकतृत गर्दै फाइनान्स अनलाइन डट कमले सोसल मिडिया र स्मार्टफोन प्रयोगको लैंगिक आयाम विषयमा रोचक सामाग्री तयार पारेको छ । जसका केही रोचक तथ्यहरु यसप्रकार छन् –

१. पुरुषहरु सोसल मिडियामा खासगरी विजनेस र डेटिङलाई मुख्य उद्धेश्य बनाउँछन् भने महिलाको हकमा सम्बन्ध स्थापना, साझेदारी, मनोरञ्जन र आत्मसहयोग सोसल मिडिया प्रयोगको मुख्य उद्धेश्य बन्दछ ।

२. आफ्नो स्मार्टफोनलाई विविध काममा प्रयोग गर्ने सवालमा महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् । स्मार्टफोनमा गेम खेल्ने सवालमा पनि महिलाहरु पुरुषभन्दा १० प्रतिशत अगाडि हुन्छन् । त्यस्तै स्मार्टफोनमा इन्टरनेट चलाएर विभिन्न खाले वेबसाइट खोल्ने, एप डाउनलोड गर्ने, म्यासेज पठाउने तथा क्यामरा प्रयोग गर्ने सवालमा पनि महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

३. ३८ प्रतिशत महिलाहरु स्मार्टफोनमा गेम खेल्छन् जबकी पुरुषहरु केवल २८ प्रतिशत मात्र ।

४. १३ प्रतिशत पुरुषहरुले सोसल मिडियालाई डेटिङका लागि समेत प्रयोग गर्छन् जबकी सोसल मिडियालाई डेटिङमा प्रयोग गर्ने महिलाको संख्या केवल ७ प्रतिशत हुन्छ ।

५. फेसबुकमा आउने विभिन्न ब्राण्डका विज्ञापनमा लाइक गर्ने महिला ७१ प्रतिशत हुन्छन् भने यस्तो काम गर्ने पुरुष केवल १८ प्रतिशत मात्र ।

६. उद्धेश्यका हिसाबले सोसल मिडिया प्रयोग गर्नेमध्ये साथीभाइ र परिवारसँग सम्पर्क गर्नका लागि सोसल मिडिया प्रयोग गर्नेमा महिला ६५ प्रतिशत र पुरुष ५३ प्रतिशत हुन्छन् । त्यस्तै ब्लगिङ तथा फोटो अपलोड गर्नका लागि सोसल मिडिया प्रयोग गर्नेमा महिला २८ र पुरुष २३ प्रतिशत हुन्छन् । नयाँ कुरा थाहा पाउनका लागि सोसल मिडिया प्रयोग गर्नेमा पनि महिला नै ३७ प्रतिशतका साथ अगाडि छन्, जबकी पुरुष केवल ३० प्रतिशत मात्र छन् ।

७.विभिन्न कामका लागि फेसबुक प्रयोग गर्नेमा समेत पुरुषलाई महिलाले पछि पारेका छन्, चाहे त्यो मनोरञ्जनका लागि होस् चाहे विभिन्न खाले सहयोग र समर्थन प्राप्त गर्नका लागि होस् ।

८. मोबाइलमा आउने टेक्स्ट म्यासेजका विज्ञापन तथा सोसल मिडियामा आउने पैसा तिर्नुपर्ने विज्ञापन हेर्ने र त्यसमा सहभागि हुने मामिलामा भने महिलाहरु पुरुषभन्दा कम रुची राख्छन् । महिलाहरुले यस्ता विज्ञापनलाई अधिकांसतः बेवास्ता गरिदिन्छन् ।

९. अनलाइन विज्ञापनको कुरा गर्दा पुरुषहरु यौनिक विषय, मोटरगाडि, खेलकुद जस्ता विषयका विज्ञापनमा बढि रुची राख्छन् भनि महिलाहरु मायाप्रेम, पारिवारिक वस्तु तथा पाल्तु वस्तु र बच्चाबच्चीका विषयमा बढि रुची देखाउँछन् ।

१०. मोबाइलको प्रयोगको सन्दर्भमा पुरुषहरु मोबाइलबाट भिडियो, समाचार तथा जिपिएसको प्रयोग बढि गर्छन् भने महिलाहरु क्यामरा, गेम जस्ता चिजहरु ब्ढि प्रयोग गर्छन् ।

११.  मोबाइलबाट म्यासेज, कुराकानी, वेबसाइट चलाउने, सामाजिक संजालमा जोडिने, गेम खेल्ने, एप डाउनलोड गर्ने, क्यामरा चलाउने च्याट गर्ने जस्ता कुरामा महिलाहरु पुरुष भन्दा अगाडि रहेको देखिएको छ ।

थप जानकारी लिनुहोस् यो इन्फोग्राफिक्सबाट

social media

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment