Comments Add Comment

‘केपी कामरेड, राष्ट्रपतिलाई कसरी चिन्नु भो ?’

१६ असार, काठमाडौं । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई सोमबार सिंहदरबारमा आयोजित बैठकमा आफ्नै सभासदले प्रश्न गरे- ‘तपाईले राष्ट्रपतिलाई संसदले चिन्दैन भन्नुभएको थियो, तिनै नचिनेका राष्ट्रपतिबाट किन नीति तथा कार्यक्रम घोषणा गराइयो कामरेड ?’

Kp oliआफ्ना सभासदले सोधेको गभ्मीर प्रश्नबारे केपी ओलीले कुनै टिप्पणी गरेनन् । संसदीय दलको बैठकमा सहभागी नेता भन्छन्- ‘ओलीसँग यस्तो प्रश्नको जवाफ शायदै थियो ।’

एमाले नेता केपी शर्मा ओलीले यसअघि व्यवस्थापिका संसदमा उभिएर बोल्ने क्रममा राष्ट्रपति डा. रामवरण यादवलाई व्यवस्थापिका संसदले नचिन्ने बताएका थिए । संसदले चिन्नका लागि राष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने केपी ओलीले संसदको रोष्ट्रमबाटै बोलेका थिए ।

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने बेलामा भएको सहमतिमा समेत राष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख थियो । तर, अहिलेसम्म राष्ट्रपतिलाई व्यवस्थापिका संसदले अनुमोदन गरेको छैन । संसदले अनुमोदन नगरेका राष्ट्रपतिलाई सोमबार राजालाई जस्तै तामझामका साथ संसदमा निम्त्याएर नीति तथा कार्यक्रम पढ्न लगाइएपछि एमाले सभासदहरुले ओलीमाथि संसदीय दलको बैठकमा प्रश्न तेस्र्याएका हुन् ।

यो पनि पढ्नुहोस्

राजालाई जस्तै राष्ट्रपतिलाई सम्मान (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment